ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारका निर्णय भावी सरकारलाई अमान्य : रावल


ABC NEWS

एकेन्द्र महता- अछाम / नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवा
नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने
बताउनुभएको छ । प्रेस चौतारी अछाम शाखाले आज साँफेबगरमा आयोजना गरेको
पत्रकार सम्मेलनमा वोल्दै उपाध्यक्ष रावलले वर्तमान सरकारले गरेका कतिपय
निर्णय असंवैधानिक र राष्ट्रकोहीत विपरीत भएको बताउँदै भावी सरकारलाई
उक्त निर्णयहरु मान्य नहुने चेतावनी दिनुभएको छ । सरकारले सामाजिक
सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी गरेको निर्णय, देश कंगाल बनाउने
कदम भएको उहाँले टिप्पणी गर्नुभयो । ‘कामचलाउमा परिणत भइसकेको र जनादेश
गुमाइसकेको भन्दै वर्तमान सरकारलाई त्यसो गर्ने अधिकार छैन ।’ उहाँले
भन्नुभयो—‘सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल
नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फँसाउने, प्रतिकूलता
बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न मिल्दैन।’
वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्प र
बाढीपीडितलाई घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने
सरकारको निर्णयले चर्को आलोचना खेपिरहेका बेला त्यसविरुद्ध एमाले
उपाध्यक्ष रावल कडा रुपमा प्रस्तुत भएका हुन् । उपाध्यक्ष रावलले
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी तोक्ने विषयमा, नागरिकमा
गलत भ्रम सृजना गरेको बताउनुभयो । राजधानी तोक्ने विषयमा सरकारले गठन
गरेको विज्ञ टोलीले तयार पारेको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम
तोक्ने निर्णयको विरोध गर्नुभयो । ‘सरकारलाई प्रदेश प्रमुख र अस्थायी
मुकाम तोक्नको लागि वामगठबन्धनले सुझाव दिइएको हो ।’ उहाँले भन्नुभयो–
‘कामचलाउ सरकारले गरेको अस्थायी मुकाम वामगठबन्धन मान्न तयार नभएको
बताउनुभयो । प्रदेश नं।७ को अस्थायी मुकाम धनगढीमा तोक्ने विषयमा
काँग्रेसका कार्यकर्ताहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको पनि उहाँले
बताउनुभयो । अहिलेको तोकिएको मुकाम अस्थायी भएकाले प्रदेश सभाको वैठकले
सवै जनतालाई पाएक पर्ने स्थानमा राजधानी तोक्ने पनि बताउनुभयो । पत्रकार
सम्मेलमा राष्ट्रिय सभामा नवनिर्वाचित सांसद शेरबहादुर कुँवर, प्रदेश
सदस्य गोविन्द कुँवर र प्रदेश सदस्य मिना साउदको सहभागिता रहेको थियो ।
प्रेस चौतारी अछाम शाखाका उपाध्यक्ष कालु वोहराको अध्यक्षतामा कार्यक्रम
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com