ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा-छुट्टै संयन्त्र निर्माण गर्ने सत्तागठबन्धनको निर्णय


एबीसी / संवाददाता
१७ चैत्र २०७८, बिहिबार   ५ : ०२   बजे

काठमाडौँ, १७ चैत । सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा-छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।
आज ९बिहिबार० प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा समेत पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा पार्टीका सम्बन्धित तहका प्रमुखहरू सम्मिलित संयन्त्र निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले ती संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन गरिएको जानकारी दिनुभयो । उहाँले मुलुकभरको अवस्थाबारे जानकारी लिएपछि कहाँ कसरी तालमेल गर्ने भनेर निर्णयमा पुग्ने जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो । सञ्चारमन्त्री कार्कीका अनुसार गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group