ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म भारत परस्त हुदै होइन : प्रचण्ड


ABC NEWS

भरतपुर, २१ पुस। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू भारत परस्त नभएको स्पष्टीकरण दिएका छन् । प्रचण्डले भने बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त हो ।
“२४० वर्षसम्म शक्तिको स्रोत राजा महाराजालाई भनियो, जनतालाई त्यही सिकाइयो। उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए” भरतपुर महानगरपालिकाको पहिलो नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले भने “अहिले हामी त्यो जमानामा छैनौं, गणतन्त्रको युगमा छौं, हामी कसैको अधिनस्थ छैनौं, सार्वभौम अधिकार जनतामा सुरक्षित छ। हामी बामपन्थीहरुको स्वतन्त्र विदेश नीति छ, त्यसैका आधारमा बामपन्थी सरकार अघि बढ्छ। हामी भारतपरस्त पनि होइनौं, चीनपरस्त पनि होइनौं, नेपाल परस्त मात्र हौं।”

“अघि कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री भन्नुभयो। तर, म गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा छु” प्रचण्डले स्पष्ट गरे “तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुस्। हामी फुट्दा फुट्दा देशको दुर्गति भयो, अब देश बनाउने बेला आएको छ। हामी कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुस्। बरु तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशको हित हुन्छ, विकास र समृद्धिको चाहना पूरा हुन्छ। हामी सबै मिल्नेतिर लागौं, अब कसैलाई फुटाएर राजनीति गर्नेतिर नसोचौं।”
“राजनीतिक क्रान्ति नयाँ चरणमा पुग्यौं, अब हाम्रो कार्यभार आर्थिक समृद्धि र विकास हो। ६० वर्ष पहिले हाम्रै हाराहारीमा रहेका मुलूकहरु धेरै अगाडि बढे” प्रचण्डले भने, “हामीले अब गम्भीर रुपमा सोच्नुपर्छ, जनताले पटकपटक अवसर दिदैनन्, अहिले पनि जनताले दिएको अभिमतको सम्मान गर्न सकेनौं भने देश अप्ठ्यारोमा पर्न सक्छ। कर्मचारी साथीहरुले पनि आफूलाई जनताको शासक होइन, सेवक सम्झेर काम गर्नुस्।”
नगर सभामा मेयर रेनु दाहालले आर्थिक वर्ष २०७४र०७५ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तावित नीति, कार्यक्रममाथि शनिबारदेखि छलफल गर्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com