ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाटभटेनी सुपरमार्केटको १० वर्ष पुरानो भ्याट छली प्रकरणको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति


एबीसी / संवाददाता

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटको १० वर्ष पुरानो भ्याट छली प्रकरणमा आफैंले गरेको फैसला उल्ट्याउने भएको छ। डेढ वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केटले कर छली गरेको ठहर गरेको थियो।

उक्त फैसला नमिलेको भन्दै भाटभटेनीले दिएको पुनरावलोकन निवेदनमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासले बिहीबार निस्सा हुने आदेश दिएको हो। निस्सा हुने आदेश भनेको पुनरावलोकन गर्ने अनुमति हो। भाटभटेनीको यो मुद्दाको सुरूवात २०६६ सालमा भएको हो। आन्तरिक राजश्व विभागले त्यो बेला विभिन्न व्यापारिक घरानाले कति कर छलेका छन् भनेर छानविन गरेको थियो। भाटभटेनी सुपरमार्केटसहित अरू २४ विभिन्न व्यापारिक प्रतिष्ठान र कम्पनीले किन्दै नकिनेको सामानको भ्याट बिल देखाएर अर्बौं कर छली गरेको छानविनले देखाएको थियो। त्यतिबेला दुई अर्ब ७० करोडजति भ्याट छली भएको अनुसन्धानले देखाएको थियो।

तीमध्ये भाटभटेनी सुपरमार्केटले १५२ वटा फर्मबाट नक्कली बिल बनाएर २०६४ सालदेखि २०६७ सालसम्म २२ करोड ६७ लाखको भ्याट छलीको गरेको आरोप लगाएको थियो। उक्त रकम तिर्न विभागले भाटभटेनीलाई आदेश दिएको थियो। नक्कली बिल बनाएर भ्याट छलेको भन्दै विभागले कर, त्यसको साँवा(ब्याज र जरिवानासमेत तिर्न पत्र पठाएको थियो। उक्त पत्रविरूद्ध विभागका महानिर्देशकसमक्ष भाटभटेनीका सञ्चालक गुरूङले पुनरावेदन दिनुभएको छ ।

महानिर्देशकले पनि उक्त कर तिर्नैपर्ने निर्णय सुनाउनुभएको थियो। गुरूङले महानिर्देशकको निर्णयविरूद्ध राजस्व न्यायाधीकरणमा मुद्दा हाल्नुभयो । न्यायाधीकरणले पनि गुरूङको भाटभटेनीलाई नै दोषी ठहर्‍यायो। उनी फेरि न्यायाधीकरणको फैसला खारेज गर्न भन्दै साढे दुई वर्षअघि सर्वोच्च अदालत जानुभएको थियो । भाटभटेनीको पुनरावेदन सुन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो। अहिले त्यही फैसला पुनरावलोकन हुने भनेको हो।पुनरावलोकन गर्दा पनि आरोप प्रमाणित भए २२ करोड ६७ लाख छलीको रकममा प्रत्येक वर्ष जरिवाना र ब्याज थपिँदै जान्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com