ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले तत्कालका लागि खोप निर्यातमा रोक लगाएपछि नेपालमा असर पर्ने (भिडियोसहित)


विकास आचार्य
२१ पुस २०७७, मंगलबार   १० : ०६   बजे

काठमाडौं, २१ पुस ।  भारत सरकारले आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको दुईवटा खोपलाई तत्कालका लागि निर्यात गर्न रोक लगाएको छ । आइतबार भारत सरकारले खोप प्रयोगका लागि अनुमति दिएस“गै नेपाल सरकारले उक्त खोप पाउने आश बोकेको थियो । तर भारतले केही महिना खोप निर्यात नगर्ने बताएस“गै त्यसको असर नेपालमा पर्ने देखिएको छ ।

भारतले कोरोना भाइरस विरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । अक्सफोर्ड र अष्ट्राजेनिकाले बनाएको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले अझै केही महिना खोप भारत बाहिर नपठाउने बताएका हुन । खोप निर्यात नगर्ने भारतको निर्णय सँगै त्यसको प्रत्यक्ष असर नेपाल जस्ता मुलुकलाई पर्ने देखिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिसिल्ड र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरेको कोभ्याक्सिनलाई भारतले आपत्कालीन प्रयोगका लागि आईतबार स्वीकृति दिएको थियो । नेपाल सरकार खोप आपूर्तिका लागि अहिलेसम्म पनि दाताको पर्खाईमा बसिरहेको छ ।

नेपाल सरकार कोभ्याक्सको सहयोग र भारतकको भर परेर बसेको छ । भारतको निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई पनि असर पर्ने देखिएको छ । नेपालले खोप लगाउन आवश्यक जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोभ्याक्सबाट खोप ल्याउने तयारी गरिरहेको छ । भारतीय कम्पनी सिरमले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो । गत सातामात्र बेलायतले र पुनः विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड विश्वविद्यालयले बनाएको उक्त खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । भारतको यो कदमले तत्काल नेपालले खोप पाउन असम्भव भएको छ । तर, यता स्वास्थ्य मन्त्रालय अन्तरगत खोप व्यावस्थापन उप–समुहले भारतबाट केही महिना खोप निर्यात नगर्ने समाचार झुटो रहेको दावि गरेको छ । अरू देशलाई निर्यात थाल्नुअघि भारतलाई १० करोड मात्रा उपलब्ध गराउन कम्पनीले सहमति भएको भएपनि अन्य देशमा निर्यात नहुने कुरा भारतले नगरेको समुहको भनाई छ ।

हुन त विश्वकै ठूलो खोप उत्पादक कम्पनी सेरमले गरिब मुलुकका लागि १ अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरेको छ । यता नेपाल सरकार, भारत सरकारल खोप उपलब्ध गराउने अपेक्षामा छ । भारतले सीरमस“ग अक्सफोर्डको खोप खोप खरिद गर्दा नेपाललाई पनि २० प्रतिशत पुग्नेगरी थप खरिद गर्न र त्यसको भुक्तानी लिन सरकारले भारतसंग ताकेता गरिरहेको छ । संक्रामक रोग विज्ञ डाक्टर शेरबहादुर पुन तत्काल खोप नेपाल आउनेमा संका रहेको बताउनु हुन्छ । खोप उत्पादन गर्ने मुलुकले पहिलो प्राथमिकता आप्mनै नागरिकलाई दिने भएकाले नेपालले अहिलेनै खोप पाउने अबस्था नरहेको पुनको दावि छ । पुनका अनुसार कुटनीतिक पहल गर्ने हो भने कोभ्याक्स र भारतबाट केही महिनापछि खोप पाउन सक्ने अबस्था रहेकोले सरकारले यसको पहल गर्नु पर्ने र नागरिकहरुले केही महिनासम्म जनस्वास्थ्यको मापदण्ड अंगिकार गर्नु पर्ने बताउनु भयो ।

त्यसो त नेपाल सरकारले विश्वकाअरु मुलुकले आप्mना नगरिकलाई खोप प्रयोग गर्न सुरु गरेकै समयमा नेपाललेपनि नागरिकले पनि खोप लाउन प्रलोभ बाढेको थियो । खोप निर्यातका लागि समिती सहित अध्यादेशनै जारी गरेको छ । तर, भारतको सो निर्णयले सरकारले तत्काल खोप ल्याउने र पहल गर्ने ढोका बन्द भएको छ । अर्कोतिर, विश्वभरका विकासोन्मुख सरकारका सरकार प्रमुख खोप आयात आप्mनो मुलुकमा कसरी गर्ने भनेर विज्ञ संग र खोप निर्माण कम्पनीहरुसंग निरन्तर संवाद र छलफलमा व्यस्त छन् । तर, नेपालमा भने सत्तारुढ दल भित्रैको आन्तरिक कलह, रडाकोका कारण खोप आयातदेखि कोभिड–१९ को संक्रमण नियन्त्रण सम्ममा नकरात्मक असर पुगेको छ । यसर्थ आधारभूत आबश्यकता स्वास्थ्य जस्तो गम्भिर क्षेत्रमा सबैको सहकार्य र जुझारुपन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group