ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले बनायो कोरोना विरुद्धको दोस्रो भ्याक्सिन, तेस्रो भ्याक्सिन डिसेम्बरमा स्वीकृत हुनसक्ने


ABC NEWS
३ कार्तिक २०७७, सोमबार   ९ : ३०   बजे

रुस,२९ असोज । रुसले नयाँ केरोना भाईरस कोभिड १९ भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । पूर्व सोभियत बायोकेमिकल रिसर्च ल्याब भिक्टोर स्टेट भिरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टरमा विकसित ‘इपि भ्याक कोरोना’ नामक भ्याक्सिनलाई स्वीकृति दिइएको घोषणा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका हुन् ।

यस भ्याक्सिनको सुरुवाती चरणको परीक्षणको डाटा अझै सार्वजनिक गरिएको छैन, तर अधिकारीहरुले परीक्षणका भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको अधिकारीहरुको दाबी छ । दुई महिनाअघिमात्रै स्पुतनिक पाँचौ नामक भ्याक्सिनले रुस सरकारबाट स्वीकृति पाएको थियो, परीक्षणकै क्रममा रहेको स्पुतनिक सार्वजनिक प्रयोगका लागि स्वीकृति पाउने विश्वको पहिलो कोरोना भ्याक्सिन हो । रुसी अधिकारीहरुले डिसेम्बरसम्म तेस्रो भ्याक्सिनले पनि स्वीकृति पाउनसक्ने बताएका छन् ।

स्पुतनिक पाँचैजस्तै यो नयाँ भ्याक्सिन पनि सरकारबाट स्वीकृति लिएपछि मात्रै तेस्रो चरणको परीक्षणमा जान लागेको हो । यसक्रममा भ्याक्सिन निर्माता भिक्टोर सेन्टरले ४० हजार व्यक्तिमा यो भ्याक्सिन परीक्षण गरिने जनाएको छ । त्यस्तै, अर्को एक अलग अध्ययनका दौरान ६० वर्षमाथिका १ सय ५० व्यक्तिमा परीक्षण हुनेछ ।

केवल ७६ जनामा परीक्षण गरिएकै भरमा स्पुतनिकले प्रयोगको स्वीकृति पाएको थियो । त्यसयता, रुसी वैज्ञानिकहरुले यस भ्याक्सिनको सुरुवाती अध्ययनको सकारात्मक डाटा सार्वजनिक गरेका छन् र अहिले ठूलो जनसंख्यामा यस भ्याक्सिनको तेस्रो चरणको परीक्षण चलिरहेको छ । पुटिनले मन्त्रिपरिषद् बैठकमा पहिलो र दोस्रो भ्याक्सिनको उत्पादन बढाउनैपर्ने बताएका छन् ।

पहिलो ब्याचअन्तर्गत, नयाँ भ्याक्सिनको झन्डै ६० हजार डोज चाडैं उत्पादन गरिने रुसी अधिकारीहरुले जनाएका छन् । रुसी अधिकारीहरुकाअनुसार यस भ्याक्सिनले साइन्थेटिक पेप्टाइड एन्टिजेन्स नामक भाइरसका अवशेषहरु प्रयोग गर्छ, जसले प्रतिरोधी प्रणालीलाई कोरोनाविरुद्ध आफ्नो रक्षा गर्न अभ्यस्त गराउनेछ ।

रुसले भारत, ब्राजिल र मेक्सिकोजस्ता ठूलो जनसंख्या बसोबास गर्ने देशहरुसहित अन्य धेरै देशमा स्पुतनिक पाँचौ बिक्री गर्ने सम्झौता गरिसकेको छ, पश्चिमा विश्लेषकहरु आफ्नो सफ्ट पावर उपयोग गर्न लागि रुसले भ्याक्सिन प्रयोगको प्रयास गरिरहेको बताउँछन् ।

विश्वमा कोरोनाबाट अति प्रभावित देशहरुमध्ये रुस चौथो स्थानमा पर्छ, यहाँ १३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । बुधबार यहाँ १४ हजार २ सय ३१ जनामा कोरोना संक्रमण देखियो, जो महामारी सुरु भएयताकै उच्च हो । यहाँ कोरोनाका कारण २३ हजारले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

हालैका विधानसभा चुनावहरूमा बहुसंख्यकवादको पाटो

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

नासाको आर्टेमिस -२ मिशन सुरु : ५२ वर्षपछि चन्द्रमाको यात्रा

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

को हुन् सुमन सायमी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu