ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन क्षेत्र नं ३ को लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक


admin

चितवन, ८ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

चितवन क्षेत्र नम्बर ३ समृृद्ध बनाउने अभियान लोकतान्त्रिक गठबन्धनलाई ‘अमूल्य मतदान’ भन्ने नाराका साथ सोही क्षेत्रका प्रदेशसभा सदस्य दिनेश कोइराला र साजनकुमार महतोको समेत प्रतिबद्धता रहने गरी १८ बँुदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, सिँचाइ तथा कृषि, तटबन्ध, युवा तथा रोजगार, पार्क उद्यान, सामाजिक सेवा तथा सुरक्षा समावेश रहेका छन् ।

त्यसैगरी सुकुम्बासी समस्या, दलित, जनजाति तथा आदिवासी, महिला, एकल महिला तथा बालबालिका, सहकारी, पर्यटन, संस्कृति, मठमन्दिर, तालतलैया, उद्योग व्यवसाय र पुलपुलेसा शीर्षकमा प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

वनमन्त्री पाण्डेले आफू यसअघि निर्वाचन क्षेत्र नं र ५ बाट र क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका तर्फबाट विजयी भएपछि रामकृष्ण घिमिरेले गरेका विकास निर्माणका विवरण समेत प्रतिबद्धता पत्रमा सार्वजनिक गरिएको छ ।

क्षेत्र नं ३ मा सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने, रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ कलेज स्थापना गर्ने प्रतिबद्धता पत्रमा जनाइएको छ । समग्र चितवनलाई ‘मेडिकल सिटी’को रुपमा स्थापना गर्ने, शिवनगरमा ५१ श्ययाको अस्पताल, माडीको बघौडा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उल्लेख छ ।

नेपाल, भारत र चीन जोड्ने प्रस्तावित केरुङ–ठोरी मार्गलाई भरतपुरबाट कसरा पुल हँुदै लैजान पहल गरिने प्रतिबद्धतामा जनाइएको छ । नारायणी नदी र राप्ति किनारबाट तटबन्धनसँगै बाहिरी हरित चक्रपथ र भित्री चक्रपथको व्यवस्था गर्ने र माडीमा चक्रपथको निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

सम्पूर्ण प्रशासनिक काम विद्युतीय माध्यमबाट गर्ने, विद्युत् नपुगेका क्षेत्रमा एक वर्षभित्र विद्युत् पु¥याउने, सुख्खाग्रस्त क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने, युवा पलायन हुनबाट रोक्न स्वदेशी उद्योगको प्रबद्र्धन गर्ने, एक घर एक रोजगारको व्यवस्था गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

सामाजिक सेवा तथा सुरक्षा भत्ता दोब्बर गर्ने, सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने, बाँदरझुलाको बस्तीलाई उचित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने, महिलालाई सशक्तीकरण, बालबालिकालाई अनिवार्य शिक्षा र नेपालको पहिलो बखान सहकारीलाई राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको काम गर्ने, चितवनलाई पोल्ट्रि राजधानीको रुपमा विकास गर्ने, नारायणी नदीमा दुई स्थानमा पुल निर्माण गर्नेलगायतका प्रतिबद्धता लोकतान्त्रिक गठबन्धनले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com