ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाकाबन्दीमा एक शब्द बोल्न नसक्नेले अहिले ठुल्ठुलो ढाडे बन्न खोज्ने– मन्त्री बाँस्कोटा


एबीसी न्यूज

पोखरा ,  ८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपको खण्डन गर्नुभएको छ । हिजो शनिबार देउवाले पोखरामा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा ‘कालापानी र लिपुलेक ओलीकै सहमतिमा राखिएको भन्ने आरोप लगाएका लगाउनुभएको थियो ।
देउवाले आफूले महाकाली सन्धि गर्दा कालापानी महाकाली पूर्वमा रहेको र अहिले भारतले ओलीकै सहमतिमा नयाँ नक्सा सार्वजनिक गरेको’ आरोप लगाएका लगाउनुभएको थियो । त्यसको खण्डन सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले गरेका गर्नुभएको छ ।

उहाले खण्डन मात्र गर्नुभएन , उल्टै देउवालाई आरोप पनि लगाउनुभयो । “श्रीमान् शेरबहादुर देउवाजीलाई स्पष्ट भन्न चाहान्छु, हाम्रो बोली लर्बरिन्न, देशभक्तिको विषयमा । नाकाबन्दीमा एक शब्द बोल्न नसकेर म्याउँ गर्न नसक्ने, अहिले ठुल्ठुलो ढाडे बनेर चुनाव आयो भनेर कुर्लेर हुन्छ ?” नाकाबन्दीमा कुन दुलोमा बस्नु भएको थियो । ”

नेपाल पत्रकार महासंघ कास्कीले गरेको कार्यक्रममा मन्त्री बास्कोटाले आइतबार बिहान यस्तो बताउनुभएको हो । उहाले चुनावी हार वा जितलाई देशभक्तिको प्रश्नमा नजोड्न समेत सुझाव दिनुभयो । “प्रमुख प्रतिपक्षी दल जस्तो जिम्मेवार दलको नेताले लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन । यदि लगाउनुभएको हो भने उहाँको बारेमा केही गम्भीर प्रश्न उठाउनुपर्ने भयो, यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा कैयौँ विवादास्पद सन्धि सम्झौताका बेलामा उहाँले आत्मसमर्पण गरेर त्यो कुरा गर्नुभयो वा अरुको अलिकति एकलौटी पेलाइमा पर्नुभयो भन्ने प्रश्नको जवाफ उहाँले दिनुपर्ने हुन्छ,” मन्त्री बास्कोटाको प्रतिप्रश्न छ, “टनकपुर सन्धि हामीले बिर्सेका छैनौँ, जसलाई सर्वोच्च अदालतले सच्याउनुपर्यो, त्यो सन्धिप्रति खुद शेरबहादुर देउवाको दृष्टिकोण के ? जसलाई सर्वोच्च अदालतले पनि गलत हो भनेर भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ।”

कालापानी र लिपुलेकको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको उहालाई जानकारी छैन र प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएरै भन्नु भएको छ । के त्यति वेला उहाँले कानमा तेल हाले र बस्नु भएको थियो होला तर सरकारले तेल हालेर बसेको छैन मन्त्री बास्कोटाले भन्नुभयो । “भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपल्ट नेपालको सिटिङ प्राइममिनिष्टरले म यो मान्दिनँ नेपालको लागि यो स्वीकार्य छैन भनेर बोल्यो,” उहाले भन्नुभयो । के यो कुरा उहाले सुन्नु भएन ?

“नेपाली जनताको मत र फैसलामाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने श्री शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैँमा लज्जाजनक विषय हो, म खेद प्रकट गर्न चाहान्छु ।” मन्त्री बास्कोटाले भन्नुभयो ।

पोखरामा आएर यस्तो आरोप लगाउनुको अर्थ आफूले बुझेको तर सर्वदलीय र सर्वपक्षीय बैठकमा भने देउवा आफैले राष्ट्रियताको विषयमा एकमत हुने निर्णय गरेको उहाले जानकारी दिनुभयो ।

“म बुझ्छु उहाँले किन पोखरामा आएर आरोप लगाउनुभयो । किनभने पर्सि १४ गते यहाँ पर्सि के छ, चुनाव छ । म चाहिँ यति सस्तो कुरा उहाँले बोल्नुहुन्न र म उहाँ खुद आफैँ उपस्थित हुनुभएको बैठकमा सम्माननीय प्रमले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा उहाँको कुनै विमती थिएन,” उहाँले भन्नुयो, “प्रधानमन्त्रीज्यूले जुन दृष्टिकोण राख्नुभयो, हाम्रो जमिन फिर्ता गर्ने हो । हाम्रो अधिकार र सार्वभौमिकताको सुरक्षा गर्ने हो भन्ने कुरामा उहाँको विमति थियो र त्यतिखेर ?” यस्ता आरोप लगाउने हो भने, कोशी, गण्डकीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ शेरबहादुर देउवाले दिनुपर्ने उहाँको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com