ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशका हरेक घर अभावरहित हुनुपर्छ– मुख्यमन्त्री पौडेल


admin
मंसिर ६, २०७६ शुक्रबार  ५ : ४६ बजे

काठमाडौँ, ६ मङ्सिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक घर अभावरहित हुनुपर्ने बताउनुभएको छ । उहाँले नागरिकलाई खुशी बनाई समृद्धिको यात्रा तय गरिने उल्लेख गर्नुभयो ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे–इपा क्षेत्रको अनुगमन भ्रमणपछि स्थानीयवासीसँग आज कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकार हरेक नेपालीको मुहारमा मुस्कान ल्याउन उद्यत रहेको बताउनुभयो । उहाँले प्रदेशका हरेक घरमा खानेपानीको धारो हुनुपर्ने तथा हरेक घरमा बिजुली जोडिनुपर्ने उल्लेख गर्नुभयो । “हरेक घरका बालबालिकाले पढ्ने वातावरण पाउनुर्प”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकासका कुनै पनि पूर्वाधारबाट कसैलाई पनि बञ्चित गर्न नहुने धारणा राख्नुभयो । उहाँले सरकारले जिल्लाको विकासमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उल्लेख गर्नुभयो । डेढ वर्षभित्र हेटौँडामा चिकित्साशास्त्रको अध्ययन सञ्चालन गर्ने गरी शिक्षण अस्पतालको शुरुआत भइसकेको, प्रतिवर्ष दुई हजार ५०० प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक महाविद्यालय निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।“कृषि उत्पादन वृद्धि गर्न सरकारले सिँचाइ, मलखाद, बीउ बिजन आदिको उचित व्यवस्थापन गर्नेछ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । पशुपालन, तरकारी खेतीजस्ता रोजगारमूलक कृषिका लागि अनुदान उपलब्ध गराउनुका साथै उत्पादित कृषिउपजको भण्डारणका लागि शीतभण्डार निर्माण र बजारीकरणको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले सङ्घीयतापछि स्थानीय तहको निर्वाचन र प्रदेश सरकारको गठनपछि जिल्लाका विकट क्षेत्र पनि विकासको मूलधारमा समाहित भएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारको योजनामा स्थानीय चासो र चिन्ता आवश्यक रहेको बताउनुभयो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँपालिकाका कुनै पनि कुनालाई विकासले सुगम बनाइने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारको साथ रहे गाउँपालिकालाई समृद्ध बनाउन सम्भव रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com