
काठमाडौं, ६ मंसिर । अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई पा“च लाख घुससहित पक्राउ गरेको छ । । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता हरिप्रसाद घिमिरेका अनुसार सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मण्डलाई कार्यकक्षबाटै शुक्रबार पक्राउ गरिएको हो।
मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउनa आनाकानी गर्दै घुस मागेका थिए। घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको प्रवक्ता घिमिरेले बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्