ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन अण्डामा रगतको थोप्ला हुन्छ ? खान मिल्छ कि मिल्दैन जानी राखौँ


admin
मंसिर ६, २०७६ शुक्रबार  १२ : ३४ बजे

काठमाडौं, ६ मंसिर । विश्वमा नै बिहानको नास्ताका लागि स्वस्थबर्धक नास्ताको विकल्पमा अण्डालाई लिइन्छ ।बिहानको नास्ताका लागि यदि कुनै खानेकुरा खोज्ने हो भने सबैभन्दा पहिला अण्डाकै नाम आउँछ । अण्डा स्वस्थबर्धकमात्रै नभइ स्वादिलो पनि हुन्छ । तर यति हुँदाहुँदै पनि हिजोआज प्रदुषण तथा मिसावटको प्रभाव हरेक चिजमा पर्न थालेको छ । यसलाई फ्राइ, अमलेट, करीलगायत जस्तो सुकै तरिकाबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । र, यसमा अण्डा पनि अछुतो छैन ।तपाईंले अण्डाको रानी अर्थात पहेलो भागमा रातो दाग वा रगतको थोपा जस्तो देख्नु भएको होला । मानिसहरुले यस्तो देखेमा बिग्रिएको अण्डा भन्ने ठानेर फाल्दिने गर्छन् । तर जानी राख्नुहोस्, अण्डामा यस किसिमको रगतको थोपा हुन्छ । रगत भन्ने बित्तिकै सबैलाई एक किसिमको त्रास हुन्छ । वास्तवमै यस्ता किसिमको अण्डा खानु हुन्छ त

कसरी आउँछ अण्डामा रगत

यदि तपाईंलाई अण्डा मन पर्छ भने यस्ता कुराले तपाईंको मनमा नकारात्मक सोच आउन सक्छ । तर वास्तविकता बुझ्ने हो भने अण्डामा रगतको थोप्ला हुन्छ नै । कुखुराको शरीरमा अण्डा विकास हुने प्रक्रियाको क्रममा प्राकृतिक रुपमा नै रगतको थोप्ला परेको हुन्छ ।अण्डाको पहेलो भागमा देखिने रगतको थोप्ला प्राकृतिक रुपमा नै आउने भएकाले बिग्रिएको अण्डा भन्ने भ्रम त्याग्नुहोस् ।

 

के यस्ता अण्डा खान मिल्छ ?

धेरैजसो मानिस यस्ता अण्डालाई बिग्रिएको ठानेर फाल्दिने गर्छन् । युनाइटेड स्टेट्स डिपार्टमेन्छ अफ एग्रिकल्चर (युएसडीए) को एक रिपोर्टअनुसार यस्ता अण्डालाई राम्रोसँग पकाएर खाँदा हुनै असर गर्दैन । तर, राम्रोसँग नपकाउने हो भने साल्मोनेलोसिसको खतरा हुनेछ ।जुन साल्मोनेला ब्याक्टेरियाका कारण हुन्छ । यसले पेटमा दुखाई, झाडापखला तथा रुघाँखोकी जस्ता विभिन्न स्वास्थ्यमा समस्या आउनेछ ।

अण्डा बिग्रिएको छ छैन यसरी थाहा पाउनुहोस्

तपाईं अण्डा राम्रो छ वा छैन भन्ने थाहा पाउन चाहनु हुन्छ भने त्यसलाई फुटाउनुहोस् । यदि अण्डाको रंग हल्का हरियो वा गुलाबी देखियो भने त्यसलाई नखानुहोस् । त्यस्तो अण्डा बिग्रिएको हुन्छ ।

अण्डा राम्रो छ वा छैन भन्ने जाँच गर्नलाई एउटा भाडो वा बोलमा चिसो पानी राख्नुहोस् । त्यसमा अण्डा हाल्नुहोस्, यदि अण्डा पानीमा डुब्यो भने खानलाई उपयुक्त छ भन्ने जान्नुहोस् । पानीमा अण्डा तैरियो भने बिग्रिएको छ भन्ने जान्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

सम्बन्धित

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com