ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाधान भएन जडीबुटी जामको समस्या, तीन किलोमिटर सडक पार गर्न एक घण्टा !


admin

 

काठमाडौं, ६ मंसिर । अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला रु सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको छ ।

तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला वा लोकन्थली जाने चालक तथा यात्रुले दैनिक यही नियति भोग्नु परिरहेको छ । यो सडकमा छोटो बाटो पार गर्न पनि घण्टौँ लाग्ने गरेको छ । जडीबुटीमा रहेको सवारी जामका कारण त्यहाँबाट भक्तपुर वा पेप्सीकोलातर्फ जाने सवारीसाधन लामो समय रोकिने गरेका छन् ।बर्सेनी काठमाडाँै उपत्यकाका सडकमा थपिएका सवारीसाधनका कारण उपत्यकाका विभिन्न चोकहरु जस्तै यस चोकमा सवारी चाप बढ्दो छ । काठमाडौँका कतिपय चोकहरुमा जाम हुँदा त्यसको विकल्प भए पनि यस चोकको विकल्प नहुँदा चालक र यात्रु हैरान भएका हुन् । सरकारले ललितपुरतर्फ जाने सवारीसाधनलाई लोकन्थलीबाट ‘डार्भशन’ गरेर मनोहरा करिडोर पठाउने गरे पनि सवारी जाम त्यति कम भएको पाइँदैन ।

यस चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डर पास’ निर्माण गर्ने सरकारले योजना बनाए पनि निर्माणको काम अघि बढिसकेको छैन । माइतीघर–सूर्यविनायक सडक विस्तार गरेको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले यहाँ अन्डर पास निर्माणमा चासो देखाइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञावलीले बताउनुभयो । निवर्तमान मन्त्री रघुवीर महासेठ भने जाइकासँगको सहकार्यमा निर्माण गर्नेभन्दा पनि सरकार आफैँले निर्माण गर्ने योजना रहेको बताउनुभएको थियो । जाइका र नेपाल सरकार दुवैले आ–आफ्ना हिसाबले विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार पारिसकेका छन् । सरकारले आफैँले पनि निर्माण गर्न सक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले गरेको अध्ययनका आधारमा निर्माणमा कठिनाइ देखिएको छैन ।” सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनबहादुर थापाले विमानस्थलको क्षेत्रभित्रै अन्डर पास निर्माण गर्नु नै सबैभन्दा उत्तम हुने बताउनुभयो । विश्वका धेरै देशहरुमा माथि ‘रन वे’ र तल ‘अन्डर पास’ हुने गरेको उहाँको भनाइ छ । यस स्थानमा नेपाल सरकारले पनि अध्ययन गरेको र जाइकाले पनि गरेको अध्ययनका आधारमा उपयुक्त विकल्प खोज्न सकिने उहाँको भनाइ छ । आफूहरु जापानी टोलीसँग पटकपटक वार्तामा बसिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार आफैँले निर्माण गर्न हामीसँग प्राविधिक विश्वास ९टेक्निकल कन्भिडेन्स० नभएकाले वैदेशिक सहयोगमा पनि गर्न सकिने देखिन्छ ।”

पूर्वाधारविद् सूर्यराज आचार्यले ‘फ्लाई ओभर’ वा ‘अन्डर पास’ निर्माण मात्रै सवारी जामको समाधन नभएको बताउनुभयो । काठमाडौँ उपत्यकाको समग्र सडक सञ्जालको अध्ययन गर्नुपर्नेमा उहाँको जोड छ । एक ठाउँको मात्रै समाधान खोज्दा त्यो समस्या अन्यत्र सर्न सक्छ । अहिले जडीबुटीमा रहेको जस्तै समस्या बानेश्वरमा सर्ने र त्यहाँको समाधान खोज्दा थापाथलीमा पनि सर्न सक्ने उहाँले बताउनुभयो । एक ठाउँ मात्रै भन्दा पनि समग्र काठमाडौँको सवारी चाप बढिरहेकाले निजी सवारीसाधनभन्दा ठूला क्षमताका सार्वजनिक सवारीसाधनलाई बढावा दिनुपर्ने उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको विकल्प छैन । उहाँले भन्नुभयो, “फ्लाई ओभर, अन्डर पास निर्माणसँगै दीर्घकालीन समाधानतर्फ पनि जानैपर्छ ।” मनोहरा करिडोरलाई विस्तार र सुधारसँगै यो सडक नियमित सञ्चालनमा ल्याउनका लागि बेलिब्रिजको समेत निर्माण भएको छ । जडीबुटी चोकबाट ललितपुरतर्फ जाने सवारीसाधनलाई मनोहरास्थित आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी जानका लागि सहयोग पुगे पनि चोकमा सवारी चाप उत्तिकै देखिन्छ । यहाँ रहेको सडक पुल कम चौडाइको हुँदा जडीबुटीको जाम छल्न करिडोरबाट ललितपुर जान हिँडेका चालक घण्टौँसम्म जाम पर्ने गरेका छन् ।

काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । गत महिना नागढुङ्गा नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्ट लोन’ बाट निर्माण शुरु भएको छ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि एकमुष्ट रु ५९ करोड विनियोजन गरेको छ । विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com