ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलमैदानमा आगलागी : सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार


admin

सप्तरी,५ मंसिर । सप्तरीको राजविराज–६ स्थित रङ्गशालामा अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अत्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयवासी घाइते भए ।

त्यसैमध्ये एक जनाले वारुणयन्त्र र सुरक्षाकर्मीलाई फोन गरेर जानकारी गरायो । आगो निभाउन राजविराज नगरपालिकाको वारुणयन्त्र र घाइतेहरुको उद्घारका लागि तत्कालै राजविराजस्थित भीम दल गण विपद् युनिटका सेनाहरु आइपुगे ।

घटनास्थल पुगेका सेनाको चिकित्सक टोलीले प्रारम्भिक उपचार गर्दै घाइतेहरुलाई धमाधम एम्बुलेन्समा राख्न थाल्यो । थप उपचारका लागि एम्बुलेन्स राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हिँड्यो । यो वास्तविक घटना नभई विपद्को समयको साङ्केतिक अभ्यास थियो । रङ्गशाला मैदानमा विभिन्न समूहले विपद्को पूर्वतयारी र विपद्का समयमा गरिनुपर्ने उद्धार र राहतको साङ्केतिक अभ्यास गरिएको हो ।

राजविराज नगरपालिकाको समन्वयमा नेपाली सेनाले विगत चार दिनदेखि सञ्चालन गरेको सामुदायिक विपद् प्रतिकार्य तालीमको अन्तिम दिन बुधबार खेलमैदानमा तालीमप्राप्त उद्घारकर्ताले विपद्मा गरिने उद्घार कला प्रदर्शन गरेका हुन् ।

प्राकृतिक विपद्को सामना पूर्व गर्नुपर्ने तयारी तथा विपद्का कारण हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपाली सेनाको भीम दल गणले साङ्केतिक अभ्यास गरेको गणपति गुप्तबहादुर कुँवरले बताउनुभयो । कुँवरका अनुसार आगलागीका बेला राहत, उद्घार कार्य कसरी गर्ने भन्ने ज्ञान बढाउन उद्घार कला प्रदर्शन गरिएको हो । विपद् व्यवस्थापनसम्बन्धी यस्तो अभ्यास नेपाली सेनाले सन् २०११ बाट गर्दै आएको हो ।

अभ्यासमा आगो नियन्त्रण, घाइतेको उद्धार, उपचार र स्याहार, पीडितलाई खानपिनको व्यवस्था गर्न सिकाइएको थियो । उद्धार गरिएका व्यक्तिका लागि शौचालय, महिलाका लागि कपडा फेर्ने स्थल, स्तनपान गराउने अलग्गै ठाउँको पनि व्यवस्था हुनुपर्ने बताइएको छ ।

ठूलो सङ्ख्यामा उपस्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले साङ्केतिक अभ्यास निरीक्षण गर्नाका साथै राहत उद्धारमा प्रयोग हुने विभिन्न सामग्री अवलोकन गरी जानकारी लिएका थिए । सप्तरीमा गत आर्थिक वर्ष २०७५÷७६ मा भएको ६७ वटा आगलागीको घटनामा करिब साढे एक करोड रुपैयाँ बराबरको क्षति भएको राजविराज नगरपालिका वारुणयन्त्र विभागको तथ्याङ्कले देखाएको छ ।

बढी आगलागी हुने सप्तरी जिल्लामा आगलागीबाट जोगिने तथा आगलागी भइहाले तत्काल नियन्त्रण लिनका लागि गर्नुपर्ने कामबारे विपद् व्यवस्थापनसम्बन्धी यस्ता अभ्यास र सचेतना कार्यक्रमले धेरै हदसम्म सहयोग पु¥याउने नेपाली सेनाले विश्वास लिएको छ । आगलागीका लागि जोखिमयुक्त जिल्लामा उद्घार र कला प्रदर्शनले मानवीय र भौतिक क्षति न्यूनीकरणका साथै उद्घार गर्न सहज हुने नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com