ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोजनाका म्याद थप नभएको भन्दै महासङ्घ सडकमा


admin
मंसिर ४, २०७६ बुधबार  ६ : ०८ बजे

काठमाडौं, ४  मंसिर । नेपाल निर्माण व्यवसायी महासङ्घ सार्वजनिक खरिद आठौँ संशोधन नियमावली, २०७६ मा व्यवस्था भए अनुसार आयोजनाको म्याद थप नभएको भन्दै सडकमा उत्रेको छ ।

महासङ्घले बिहान माइतीघरमण्डलाबाट त्रिपुरेश्वरसम्म विरोध ¥याली गरेको छ । ¥यालीपछि विरोधका थप कार्यक्रम तय गर्न ७७ जिल्ला, सात प्रदेश शाखाको भेला शुरु भएको छ । भेला उद्घाटन कार्यक्रममा सांसद जीपछिरिङ लामाले वार्ता समितिसमेत गठन गरेर विरोधका कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।

“नियमावली संशोधनपछि पनि कार्यान्वयन नभएका बुँदा, खरिद ऐनमै संशोधन गर्नुपर्ने बुँदाको मस्यौदा गरौँ, निर्माण ढिला हुनुमा को–को जिम्मेवार छन्, तथ्यका आधारमा छलफल गरौँ, एकपक्षीयरुपमा आरोप लगाएर समस्या समाधान हुँदैन”, उहाँले भन्नुभयो ।

व्यवसाय गर्ने मानिस सरकारको विरोधी नहुने बताउनुहुँदै सांसद लामाले व्यवसायी सकिए विकास पनि हुन नसक्ने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । खरिद ऐन र नियमावलीमा भएको व्यवस्थाले विकास निर्माणमा पारेको प्रभावका विषयमा सङ्घीय संसद्को विकास तथा प्रविधि समितिमा कुरा राख्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योग प्रवद्र्धन गरी विकास र समृद्धितिर जान पटकपटक राखेको माग पूरा नभएपछि नौबुँदे माग राखेर आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताउनुभयो । गत जेठ २३ गतेअघि भएको खरिद सम्झौताबमोजिम काम सम्पन्न नभएका आयोजनाका प्रगति र बाँकी कामको विश्लेषण गरी बढीमा एक वर्ष म्याद थप गर्ने वाक्यांश अझै कार्यान्वयनमा नआएको उहाँले सुनाउनुभयो ।

“सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको बैंक क्रेडिट लाइनको नयाँ ढाँचाअनुसार कमिसनबापत ०।६ देखि १।४ प्रतिशतसम्म वार्षिकरुपमा कमिशन लिई केही बैंकले जारी गरेकाले अत्यधिक खर्च हुन गई ठेक्का प्रक्रियामा भाग लिनका लागि मात्र ठूलो धनराशी खर्च हुनेछ”, अध्यक्ष सिंहले भन्नुभयो ।

यस्तो व्यवस्थाले बैंकलाई मात्र फाइदा हुने एवं उच्चतम धितो मार्जिनसमेत कट्टी गरिने भएकाले यस्तो व्यवस्था कायम रहे अधिकांश निर्माण व्यवसायीले भाग लिन नसक्ने महासङ्घले जनाएको छ । नयाँ व्यवस्था खारेज गर्नुपर्ने जिल्ला जिल्लाबाट आएका प्रतिनिधिको माग छ ।

भेलामा १ नं प्रदेश अध्यक्ष मोहन अधिकारी, ३ नं प्रदेश उपाध्यक्ष आनन्दप्रसाद अधिकारी, ५ नं प्रदेश उपाध्यक्ष नवीन ज्ञवालीलगायतले साना निर्माण व्यसायीको समेत हितमा मुद्दा उठाउन महासङ्घ नेतृत्वसँग माग गर्नुभएको थियो । एक दिने भेलाले विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com