ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले अबको दशकलाई ऊर्जा दशकको रुपमा मनाउने घोषणा(भिडियोसहित)


admin
मंसिर ४, २०७६ बुधबार  २ : ११ बजे

काठमाडौं, ४  मंसिर । खाना पकाउदा एलपी ग्यास प्रयोग नगर्ने घर कमै होलान् । हरेक घरमा चिया पकाउनेदेखि खाना पकाउन समेत एलपी ग्यासको प्रयोग हुने गरेको छ । यसरी नेपालीहरुको ठूलो रकम आयातित ऊर्जामा खर्च भइरहेको हुनाले ऊर्जाविद्हरुले सिलिण्डर ग्यास छोडेर विद्युतीय चुल्हो किन्न सुझाव दिएका छन् । नेपाल विद्युत् प्राधीकरणले पनि विद्युतीय चुल्हो प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सरकारले अबको दशकलाई ऊर्जा दशकको रुपमा मनाउने घोषणा गरिसकेको छ । सरकारले प्रयाप्त विद्युतीय ऊर्जा सर्वसाधारणलाई दिने पनि बारम्बार जनाउ“दै आएको छ । तर अझै पनि कतिपय जिल्लाका दुर्गम भेगमा जनताहरु अन्धकारमा नै बस्न बाध्य छन् । बिजुलीको अवस्था प्रयाप्त भएको अवस्थामा पनि यसको सदुपयोग हुन नसकेको विज्ञहरु बताउ“छन् । अन्य क्षेत्रमा जस्तै खाना पकाउने ग्या“समा समेत नेपाल परनिर्भर रहेको छ । हरेक घरमा चिया पकाउनेदेखि खाना पकाउनसम्म एलपी ग्यासको प्रयोग भइरहेको छ । यसरी नेपालीहरुको ठूलो रकम आयातित ऊर्जामा खर्च भइरह“दा ऊर्जाविद्हरुले सिलिण्डर ग्या“सको बिकल्पमा विद्युतीय चुल्हो किन्न सुझाव दिएका छन् । विद्युतीय चुल्होबाट खाना पकाउ“दा ४० प्रतिशत लागत कम पर्ने विज्ञहरु बताउ“छन् । ‘एलपी ग्या“सको खर्च र विद्युतीय खर्चको तुलना गर्दा विद्युतीय चुल्हो सस्तो पर्ने बिज्ञहरु बताउ“छन् ।

हुन त, सरकारले पनि खाना पकाउन आयातित एलपी ग्यासको निर्भरतासगै व्यापार घाटामा वृद्धि र वातावरणीय प्रकोपको समस्यालाई न्यूनीकरण गर्न विद्युतीय चुल्होको प्रवद्र्धन गर्न थालेको हो । तर विद्युतीय चुल्होबाट हुने फाइदाबारे जनचेतनाको भने कमी देखिएको छ । सरकारले विद्युतको पहुच र खपत बढाउन तीन वर्षभित्रमा मुलुकभर शतप्रतिशत विद्युतीकरण गर्ने योजना पनि अगाडि सारेको छ ।
नेपालमा वार्षिक झण्डै १३ अर्ब रुपैया“को एलपी ग्यास आयात हुने गरेको छ । यो दर वर्षेनी २१ प्रतिशतका दरले वृद्धि भइरहेको छ । स्वदेशमा उत्पादन हुने विद्युतबाट खाना पकाउने र उद्योगधन्दा स्थापना गर्न सकिने भएकाले राज्यले स्थायी नीति र मापदण्ड निर्धारण गर्नुपर्ने विज्ञहरुको सुझाव छ । सरकारको सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न तथा दिगो विकास लक्ष्य हासिल गर्न पनि सरकारको यो योजना सफल पार्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com