ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले निर्यातमा रोक लगाएपछि नेपालमा आकाशियो प्याजको मूल्य(भिडियोसहित)


admin

काठमाडौं, ४ मंसिर । नेपाल कृषिप्रधान देश भएपनि अधिकांस खाद्य उपज बाहिर मुलकबाट आयात गर्नु पर्ने बाध्यता अवस्था छ । मुख्य आयात गर्ने मुलुक भारत हो । भारतले समेत आन्तरिक माग पुरा गर्न नसकेको भन्दै नेपाल निर्यातमा रोक लगाएपछि नेपाली बजारमा प्याजको अभाव भएको हो ।

आन्तरिक उतदन कम र आयातमा निर्भर रहनुपर्ने अवस्थाले प्याजको बजारमा चरम अभाव भएको छ । नेपालमा ५ लाख टन प्याजको माग छ । आन्तरिक उत्पादन मागको ४० प्रतिशत मात्रै पूर्ति हुने गर्दछ । सरकारी तथ्यांक अनुसार हालसम्म नेपालमा २० हजार हेक्टरमा प्याज खेति गरिदै आएको छ । आन्तरिक उत्पादनले बजारको माग पुरा गर्न नसक्ने भएकोले आयातमा निर्भर रहनु परेको छ । आयातित प्याज पनि भारतले रोक लगाएपछि बजारमा झनै अभाव बढेको हो । बजारमा अभाव बढेपछि प्याजको मूल्य आकाशिएको उपभोक्ता बताउछन् ।

आन्तरिक उत्पादनले बजार धान्न सकेको छैन । चीन भारतबाट आयात गर्नुको विकल्प छैन। त्यसैमा पनि भारतले यस वर्ष प्याजको उत्पादन बाढी कारण कमी भएपछि निर्यात होइन, आयात गरिरहेको छ । प्याजको अभाव दक्षिण एशियाली मुलुक छ भन्ने तथ्य बंगलादेशको प्रधानमन्त्रीले प्याजको भाउ बढेपछि उपभोग नगर्ने खबर सार्वजनिक भएको थियो । यसैले पनि पुष्टि गर्छ कि प्याजको उत्पादन दक्षिण एशियाली मुलुक नेपाल भारतमा कमी भएको छ । भारतले प्याज निर्यातमा रोक लगाएको छ । चीनबाट प्याज ल्याउनको लागि समय लाग्ने भएकोले प्याज बजारमा बिक्री गर्न गाह्रो भएको व्यापारीहरु बताउछन्

राजधानीमा मात्रै दैनिक १ सय टन प्याजको माग छ, तर पछिल्लो तथ्याकं अनुसार दैनिक ६५ टन बजारमा खपत हुन्छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैया“ बराबरको प्याज आयात भएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन प्याज खपत हुन्छ । आन्तरिक उत्पादन भन्दा पनि बाह्रय आयातबाट प्याजको माग पुरा गरेको कालीमाटी तरकारी बजारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com