ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिफा विश्वकप छनोटमा नेपाल र कुवेत भिड्दै


admin
मंसिर ३, २०७६ मंगलबार  ३ : २५ बजे

 

काठमाडौं, ३ मंसिर । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा हुने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार २ः४५ बजे शुरु हुनेछ । उक्त खेल नेपालको पहिलो घरेलु खेल हो । नेपाल र कुवेतबीचको खेल यही मङ्सिर ३ गते दशरथ रङ्गशालमा हुने तय भएको थियो, तर नेपालको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि नेपाल र कुवेतले न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न लागेको हो

उक्त खेलका लागि छनोटमा परेका चार नेपाली खेलाडी समावेश छैनन् । भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीसहितका खेलाडी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले बर्खास्त गरेको थियो । उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध रहेका खेलाडीबाट नै उत्कृष्ट नतिजा निकाल्ने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक योहान कालिनको भनाइ छ । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित भएको थियो । सोही हारको बदला लिने दाउमा नेपाल रहेको छ ।

विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको थियो भने अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com