ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमल विननायक–नगरकोट सडक बिस्तार आयोजना अलपत्र (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ३  मंसिर । मुलुक यतिबेला विकास वर्षको चरणमा छ । मुलतः विकास पूर्वाधारको पहिलो आधार सडक हो । सडकले विकासका अन्य आयामको विकास गर्न मुख्य भूमिका खोल्दछ। अर्थात सडक विकासको पहिलो द्वार हो । सडक पूर्वाधारमा आमूल सुधार विना विकासको आधारभूत लक्ष्य साकार हुन सक्दैन ।

चालु आर्थिक वर्षमा सरकारले सडक यातायात र जल यातायातको लागि एक खर्ब माथिको बजेट विनियोजन गरेको छ । देशभर सडक आयोजनाका लागि संघीय प्रदेश र स्थानीय सरकारहरुले प्राथमिकता पनि दिएका छन् । अधिकासरकारी तथ्यांक अनुसार देशभर स्तरीय करिब १२ हजार किलोमिटर छ । सडक ट्रयाक ८० हजार किलोमिटर माथि भएको अनुमान छ । मुलुक यतिबेला पूर्वाधार निर्माणको चरणमा छ ।

तर ठेकेदार कम्पनीहरुको बेइमानी सरकारी अधिकारीहरुको मौनताले सडक आयोजनाले सडक पूर्वाधार अस्तव्यस्त छ । देशभर निर्माण कम्पनीहरुले वर्षाै झुलाएका आयोजनाहरुको चाङ छ । त्यस्तै चाङभित्रको प्रतिनिधिमूलक आयोजना कमल विननायक–नगरकोट सडक बिस्तार आयोजना अलपत्र छ । २ वर्षभित्र हस्तान्तरण गर्ने सडक आयोजना सन १९को अन्ततिर पनि ६० प्रतिशत पुरा भएको छैन ।

आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिले सन २०१६ मा हस्तान्तरण गर्ने सम्झौता गरेपनि हालसम्म आयोजना अलपत्र पारेका छन् । सडक आयोजना अलपत्र परेपछि स्थानीय तहमा दबाब शुरु भएको छ । कमल विनायक– नगरकोट सडक आयोजना निर्माण भई सन २०१६ मा हस्तान्तरण हुनुपर्दथ्यो, तर निर्माण कम्पनीको चरम लापरवाहीले यो सडक आयोजना हिलो र धुलोले सास्ती दिने भएको छ ।

राजनीतिक शक्तिका आडमा देशभर आयोजना होल्ड गर्ने अनि वर्षाै आयोजना अधुरा बनाउने गलत नजिर नै बसेको छ । यस्तै नजिरको दुष्परिणाम कमल विनायक नगरकोट सडक आयोजना हो ।

वर्षाैदेखि झुलाइएको यस आयोजनाले सडकको जोखिम मात्रै होइन, समग्र विकासको वस्तुगत अवस्थामा समेत दर्शाएको छ । सरकारी कानुनको फितलोपना, सरकारी अधिकारीहरुको मौनता, कमिसनको भुलभलाइमा पनि राजनीतिक शक्ति,नागरिक तहमा सचेतनाको अभावसंगै सहनशिलताको प्रवृत्ति, निर्माण कम्पनीलाई दर्जनौ आयोजनाहरु थमथमाउन लालायित कर्मचारी संयन्त्र, स्थानीय अवराधे, अन्तर विभाग र मन्त्रालयबीचको समन्वयको अभावमा आयोजना तुहाउने गज्जबको बाहाना मिल्दै आएको छ । यही बाहाना बनाउदै आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिले सडक आयोजनामा चरम बेइमानी गरेको हो ।

सरकारले आफ्ना नीतिमा सडक आयोजना प्रस्ताव गर्छ, बजेटमार्फत कार्यान्वयनमा पनि लैजान्छ । तर कार्यान्वयनमा जांदा जुन नीतिको स्प्रिट हुन्छ, क्रमश त्यो फितलो हुदै जान्छ, फितलो हुने भन्दा पनि फितलो बनाउने हर्कत शुरु हुन्छ । कर्मचारी र ठेकेदारको सेटिङमा ठेक्का हत्याइन्छ, जब ठेक्का जिम्मा लगाइन्छ, त्यसपछि त्यसको असर र प्रभाव देखिन थाल्छ, आयोजनाको पेश्की हत्याएपछि दुइचार दिन आयोजनातिर केन्द्रीत भए जस्तो अभिनय गर्छन् ।

अनेक बाहाना बाजी ओकल्दै आयोजना तुहाउछन् । यही नियतीको चक्रव्यूमा कमल विनायक नगरकोट सडक आयोजना पनि फसेको हो । २७ करोड ९० लाखको लागत बढेर ३१ करोड ७४ लाख लागत पुगेको छ । ठेक्काको म्याद चारपटक थपिसकिएको छ । तर सडकको हालत विहाल छ ।
आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिले सन २०१६ मा सडक आयोजना हस्तान्तरण गर्नुपर्दथ्यो, तर चरम बेइमानी गर्ने ठेक्का तुहाउने अनि पेश्की हडप्ने नियतले ठेक्का हात पारिन्छ ।

आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिले कमल विनायक नगरकोट सडक आयोजनामा यही हर्कत गरको हो । वर्षाैदेखि सडक आयोजना अलपत्र पर्दा यस क्षेत्रको सामाजिक आर्थिक र वातावरणीय नकारात्मक असर मात्रै होइन, समग्र विकासमाथि धक्का लागेको छ ।

नगरकोट पर्यटकीय गन्तव्य हो, पर्यटनको पहिलो शर्त सडक पूर्वाधार हो । मुलतः पूर्वाधार नै अधुरो भएपछि यस क्षेत्रको विकासका अन्य क्षेत्रहरु पनि अधुरा हुन्छन् । सन २०१४ मा २७ करोड ९० लाखमा ७ मिटर चौडा स्तरीय सडक बनाउनु पर्दथ्यो, तर आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्ट्रक्सन कम्पनी प्रालिको चरम लापरवाहीले करिब ६ वर्ष सडक हालत यस्तो भयो, राज्यले आयोजना अलपत्र पार्ने निर्माण कम्पनीलाई निर्मम भएका कारवाही गर्न सकेन , कानुनका छिद्रमा टेकेर निर्माण कम्पनीले बाहानाबाजी गर्दै आएको हो । सरकारले कडा एक्सन लिन नसकेपछि स्थानीय आफै आन्दोलित भएका छन् ।

अति भए खति हुन्छ भन्ने नेपाली उखानको चरितार्थ भएको छ । विकास पूर्वाधारलाई अलपत्र पारेर राजनीतिक शक्तिका आडमा जोगिएका ठेकेदारहरुप्रति नागरिकले ठेकेदारकै फोटो सार्वजनिक गर्दै नैतिक दबाद दिएपछि बल्ल अधुरा आयोजनाततिर ध्यान गएको छ । नागरिक दबाव थेग्न नसकेपछि आयोजना पुरा गर्नुको विकल्प उनीहरुसंग छैन । आगामी जेष्ठभित्र आयोजना पुरा गर्ने बाचा गर्दै आयोजना स्थलमा निर्माण कम्पनी सक्रिय त भएको छ। तर, नागरिक तहमा खबरदारी राज्य तहमा कडा निगरानी अझै खांचो छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com