ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको घोषणाले भारतीय मिडियामा हंगामा


एबीसी न्यूज
मंसिर २, २०७६ सोमबार  ५ : २४ बजे

काठमाडौं,२ मंसिर  ।   प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार युवासंघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालको एक इन्च जमिन नछोड्ने घोषणाले भारतीय मिडिया तातेको छ। सन् १९६२ देखि कब्जामा लिएको नेपालको भूमि कालापानीमा रहेको भारतीय सेनालाई फिर्ता जान भन्दै गरेको भाषणलाई दिल्लीले नरुचाएको संकेत भारतीय मिडियाहरूले गरेका छन् ।
भारतीय मिडियामा प्रधानमन्त्री ओलीको हवाला दिँदै पछिल्लो समय भारतले जारि गरेको नक्सालाई रद्दीको कागजको संज्ञा दिएको मानिएको छ । प्रधानमन्त्री ओलीले नक्सा जसले पनि छाप्न सक्ने तर नेपालको एक इन्च जमिन पनि कसैले लिन नसक्ने वा कसैलाई नदिइने उल्लेख गर्नुले उनीहरूको नियतमाथि धक्का पुगेको महसुस गरेका छन् । भारतीय सुरक्षा बललाई कालापानीबाट हटाइने र नेपालको माटोको सुरक्षा गरिने प्रधानमन्त्री ओलीको घोषणाले भारतीय मिडिया र मोदी प्रशासनलाई नराम्रोसँग पोलेको मान्न सकिन्छ । नेपालले भारतीय राजनीतिको आन्तरिक समस्यालाई नस्वीकार्ने मात्र होइन उनीहरूले कश्मीरको अस्तित्वलाई नयाँ ढंगले प्रस्तुत गर्दै जारि गरिएको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको जमिन अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने प्रधानमन्त्री ओलीको प्रष्ट धारणासँगै भारतीय सत्ताको नियत मिडियामा छरपष्ट भएको छ ।

नेपालका राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण समेत प्रधानमन्त्रीको घोषणाले अत्यन्त खुसि भएको भारतीय मिडियाको बुझाई छ, जसले उनीहरूलाई नेपालको अतिक्रमित भू–भाग बाट पछाडी हट्न मजबुर बनाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

सम्बन्धित

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com