ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा सहमति : मन्त्रिपरिषद् पुनर्गठन भोलि


एबीसी न्यूज
१ मंसिर २०७६, आइतबार   ७ : ५९   बजे

 

काठमाडौं, १ मंसिर । बालुवाटारमा भोलि मन्त्रिपरिषद् पुनर्गठन भालि गर्ने गरी सहमति भएको छ । बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले भोलि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति गरेको हो । वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी गराउनु भएको बालुवाटार स्रोतले जनाएको छ । तर, कुन–कुन मन्त्री हटाउने ककसलाई ल्याउने भन्ने विषयमा भने कुनै छलफल भएको छैन । भोलि नै हटाउने र नयाँ ल्याउने मन्त्रिको विषयमा छलफल गरेर टुंगो लगाउने एक सचिवालय सदस्यले जानकारी दिए ।

तर प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सोमबार नै पुनर्गठनको तयारी भएको छैन । “प्रधानमन्त्रीज्यूको सोमवार काठमाडौं बाहिर पनि कार्यक्रम तय भएको छ,” स्रोतले भन्यो ।

प्रधानमन्त्रीले केही समयअघि देखि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएको भए पनि अहिलेसम्म हुन सकेको छैन । केही मन्त्री मात्रै हेरफेर गर्ने कि सबै भन्ने बारेमा पनि पार्टीभित्र अनौपचारिक छलफल भएको छ । कतिपय सदस्यले पूरै परिवर्तन गर्न सुझाव दिएका छन् भने कतिपयले केही मात्रै मन्त्री फेर्न सुझाव दिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu