ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनबारे पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले दिए यस्तो निर्देशन


एबीसी न्यूज

काठमाडौं, १ मंसिर। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

अध्यक्ष दाहालले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्नेगरी सो उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी प्रचार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि सो उपनिर्वाचनमा पार्टीको पक्षमा परिमाण आउने गरी निर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको पनि बताउनु भयो । ‘यो उपनिर्वाचन सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि हाम्रो पार्टीका लागि अग्नी परीक्षा भएको छ,’ अध्यक्ष दाहालले भन्नु भयो,‘त्यसका लागि फिल्डमै गएर प्रचार अभियानमा तीव्रता दिई पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीका नेता, कार्यकर्ता डटेर अघि बढनु पर्दछ ।’

अध्यक्ष दाहालले उपनिर्वाचनमा पार्टीले अन्य पार्टीले जितेको ८० प्रतिशत क्षेत्रमा पनि विजयी हासिल गर्ने रिर्पोटहरु आईरहेको पनि बताउनु भयो । उहाँले यो उपनिर्वाचनमा सबै क्षेत्रमा विजयी भएर पार्टीले आगामी ३ वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई झनै शक्तिशाली बनाउने आधार तयार पार्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

अध्यक्ष दाहालले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाललाई विकास, निर्माण र समृद्धिको विशाल फौजको रुपमा रुपान्तरण गर्न आफूले चाहेको पनि बताउनु भयो । उहाँले युवा रोजगारीका विभिन्न कार्यक्रम संचालन गर्न पनि राष्ट्रिय युवा संघ, नेपाललाई निर्देशन दिनु भयो । पार्टीकै नेतृत्वको सरकार रहेका बेला युवा रोजगारीको अवसर संचालन हुने गरी विभिन्न कार्यक्रम संचालन गरे त्यसमा सरकारले पनि साथ दिने अध्यक्ष दाहालको राष्ट्रिय युवा संघ,नेपाललाई आश्वासन छ ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता प्रधानमन्त्री, राष्ट्रपति नभई सिंगो देश र जनताको हितको लागि भएको पनि दोहो¥याउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com