
काठमाडौं, १ मंसिर । आज आठौं राष्ट्रिय कर दिवस मनाइदैछ । .
२०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर लागु भएको दिनको सम्झनामा राजश्वको महत्व र आवश्यकतालाई जानकारी गराउने उद्देश्यले २०६९ सालदेखि मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।
सरकारले सन् २०३० सम्म मध्यम आम्दानी भएको देशको रुपमा नेपाललाई स्तरोन्नती गर्ने लक्ष्य राखेको छ । त्यसको लागि सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती गर्ने तथा दिगो विकासको लक्ष्य पूरा गर्ने जनाएको छ । तर यसको लागि आर्थिक स्रोतको खा“चो हुने भन्दै स्रोत परिचालनको क्रममा कर राजश्वको योगदान उल्लेखनीय रहेको बताएको छ । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको २२ वर्ष पूरा भएको छ । मूल्य अभिवृद्धि कर कार्यान्वयनसंगै नेपालको कर प्रणालीमा आधुनिक काल सुरु भएको मानिन्छ ।
मुलुक संघीयतामा गएपनि वित्त व्यवस्थापन गर्दै आर्थिक विकास गर्नु चुनौतीपूर्ण छ । नेपालमा ठूला करदाता भने पटक पटक ताकेता गर्दा पनि कर तिर्न आनाकाली गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्