ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति, सुशासान र स्थिरताको पक्षमा मतदान गरौं – नेता नेपाल


एबीसी न्यूज
कार्तिक ३०, २०७६ शनिबार  ७ : ५३ बजे

महोत्तरी, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गर्नुभएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि पार्टीद्वारा यहाँका बलवा, मटिहानी र पिपरा गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले जनताको मुख्य चासो र चाहना भ्रष्टाचारमुक्त जनमुखी प्रशासन रहेको औँल्याउनुभयो ।

“ठूला कुरा नगरौँ, अहिले जनताले खोजेको र चाहेको मुख्य कुरा नै स्वच्छ प्रशासन हो”, नेता नेपालले भन्नुभयो, “मतदाताले यि माग सम्बोधन गर्नसक्ने दललाई मतदान गर्नुपर्छ ।” मुलुकमा स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको स्पष्ट पार्दै उहाँले स्थिर सरकार दिनसक्ने दल जनताले ठम्याउनु पर्ने उल्लेख गर्र्नुभयो । पिपराको अध्यक्ष, बलेवा–२ र ८ तथा मटिहानी–६ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय अखण्डता र सीमा सुरक्षाका कुरामा जनताको चासो बढेको उल्लेख गर्नुभयो । सरकारले जनचासोका विषयबारे स्पष्ट अडानसाथ मित्रराष्ट्रसँग कुटनीतिक पहल गरी समस्याको निदान खोज्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com