ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरेक दिन विमानस्थल जान्छन पर्यटनमन्त्री भट्टराई कारण भने यस्तो


एबीसी न्यूज

काठमाडौं, २९ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाउनुभयो ।

पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ कि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप, अवस्था र बाध्यतालाई । बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थल विश्वकै सुविधायुक्त विमानस्थल मानिन्छ । पर्यटनमन्त्री भट्टराईले भिआइपी पाहुना हँुदा पनि उक्त विमानस्थलमा झण्डै एक घण्टाको अवधिमा लगेज लिनुभयो । “म नेपालको पर्यटनमन्त्री ‘भिआइपी पाहुना’ छिटो बाटो भएर ‘फाष्ट ट्रयाक’ बाट गएको घडी हेरेर ४५ मिनेटमा लगेज लिए । मसँगै गएका अन्य साथीको कति समय लाग्यो होला त्यसको अनुमान सहजै गर्न सकिन्छ, विश्वको सुविधा सम्पन्न विमानस्थलको त यस्तो हालत छ भने विरोधका नाममा विरोध नगराँै”, उहाँले भन्नुभयो ।

भ्रमण वर्ष पूर्व तयारीबारे हालै राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टराई निकै भावुक र आक्रोशितरुपमा प्रस्तुत हुनुभयो । प्रदेश नं ३ प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त छलफलमा प्रदेश नं ३ का मुख्यमन्त्री, प्रदेश पर्यटनमन्त्री, सांसद, प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिका प्रमुख एवं प्रतिनिधि, पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

नेपाल भ्रमण वर्ष, २०२० अभियान सन्निकट छ । विदेशी पाहुनाको आतिथ्य सत्कारका लागि नेपाल एकताबद्ध भएर जुटेको छ । स्वेशमा मात्र हैन विदेशमा पनि भ्रमण वर्षको प्रचारप्रसारलाई तीव्र पारिएको छ । भ्रमण वर्षको सकारात्मकभन्दा नकारात्मक प्रचार भइरहेको छ । “के देशको नकारात्मक कुरालाई चर्चामा ल्याएर पाहुनको स्वागत सत्कार प्रभावकारी हुन्छ रु पर्यटनमा कामै भएको छैन, अहिलेकै आधारमा पर्यटक आउदैनन’ आदि प्रचार गरिएको छ”, पर्यटनमन्त्री भन्नुहुन्छ, “नकारात्मकताभित्रै सकारात्मकतालाई पनि जोड दिँदा के नै पो बिग्रन्छ ।”

निजी क्षेत्रको प्रतिनिधित्व गर्ने एक पर्यटन व्यवसायीले भ्रमण वर्षको तयारी नपुगेको, पदयात्रा र पर्वतारोहणमा बेथिति बढेको तथा विमानस्थलको बेतिथिदेखि सडक सञ्जालसम्मको दूरावस्थाको कहानी सुनाइरहनुभएको थियो । उक्त भाषणलाई नजर लगाइरहनुभएका पर्यटनमन्त्री भट्टराईले आफ्नो धारणा राख्दै पर्यटन क्षेत्रमा भइरहेका सकारात्मक प्रगतिको फेहरिस्त प्रस्तुत गर्नुभयो । बेलायतलगायत विकसित मुलुकमा पनि लगेजमा ढिलाइ हुन्छ ।

अन्य अन्तरराष्ट्रिय विमानस्थलमा १० देखि १५ मिनेट विमानबाट ओर्लेपछि लगेज लिने गाउँमा पुग्न समय लाग्छ । बस वा रेलबाट यताबाट उता गएर अध्यागमनलगायत सबै प्रक्रिया पूरा गर्दा अरु समय लाग्छ । तर, नेपालको साँघुरो अन्तरराष्ट्रिय विमानस्थल । जहाजबाट ओर्लेपछि १५ मिनेटमा लगेज लिने स्थानमा पुगिन्छ । अनि लगेज ढिलो आयो भनेर ‘चार घण्टा यति दिन लगेज पाइँदैन’ भनेर गुनासो गरिन्छ ।

पर्यटनमन्त्री भट्टराई विमानस्थलको बेथिति सुधार र सेवा सुदृढीकरणका लागि हरेक दिन विमानस्थल पुग्नुहुन्छ । विमानस्थलको सेवा सुधारमा अहोरात्र खटिनुभएका उहाँ गत बुधबार राति पर्यटन सचिव केदारबहादुर अधिकारीका साथमा विमानस्थल पुग्नुभयो । विमानस्थलका कार्मचारीे मन्त्री आएको पत्तो पाउदैनन् । मन्त्री भट्टराई कहिले एक्लै त कहिले मन्त्रालय र अन्य सरोकारवाला निकायका प्रतिनिधि लिएर आकस्मिकरुपमा विमानस्थल निरीक्षणमा पुग्नुभएको हुन्छ । पछिल्ला दुई कार्यक्रममा मन्त्री भट्टराईले आफू दैनिकजसो विमानस्थल पुगिरहेको जानकारी दिनुभयो ।

“सरकार २० लाख पर्यटक ल्याउने मिसनमा लागेको छ, बाहिर नराम्रा कुरा गरेर पाहुनालाई स्वागत गर्ने हैन, सकारात्मक बनौँ, कमजोरी सुधार्न सरकार लागिरहेको छ”, उहाँले भन्नुभयो, “एकमात्र विमानस्थल साँघुरो र अव्यवस्थित छ, त्यसैले त भैरहवा, पोखरा, निजगढ अन्तरराष्ट्रिय विमानस्थल चाहिएको हो नी ।”

विश्वभर वार्षिक सात प्रतिशतका दरले हवाई यात्रुको सङ्ख्या बढिरहेको छ । नेपालमा वार्षिक १३ प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । अबका पाँचदेखि १० वर्षभित्र काठमाडौँ विमानस्थलले यात्रु थेग्नै सक्दैन । सन् २०२० को मार्चबाट भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने उहाँले बताउनुभयो । उहाँले राजधानी नजिकको उपयुक्त बारास्थित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको विकल्प नरहेकाले निर्माण कार्य शीघ्ररुपमा अघि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वातावरणको हल्लाले केही पनि हुँदैन, पच्चीस लाख रुख काटिने विषयमा सत्यता छैन, कमभन्दा कम क्षतिमा विमानस्थल बनाइन्छ ।” सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । भ्रमण वर्ष अवधिमा गरिने कार्यक्रमको विस्तृत खाका पर्यटन मन्त्रालय र पर्यटन बोर्डको समन्वयमा भ्रमण वर्ष सचिवालयले तयारी गर्दैछ । भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ । सङ्घीय सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले पनि भ्रमण वर्षलाई सफल बनाउन गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सेवा स्तरीकरणलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

केपी ओलीको स्थान हद फुकुवा

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com