ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास


एबीसी न्यूज

काठमाडौं, २९ कात्तिक । मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गर्नुभएको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गर्नुभएको थियो ।

उहाँले रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा समेत पुगी हिमाल, ताललगायतका रमणीय दृश्यलाई नियाल्नुभएको थियो । पोखरा हुँदै रुपाकोटसम्मको दृश्यावलोकनले हमिदलाई यहाँका मनोरम दृश्यले लोभ्यायो नै उहाँको आगमनले पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटकका साथै अन्य राष्ट्रका अतिविशिष्ट पाहुना आगमन हुने सम्भावना पनि थपेको छ ।

अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले भारतीय पर्यटकको आगमन ह्वात्तै बढाएको अनुभवले पनि हमिदको भ्रमणले पनि केही न केही प्रभाव पर्ने विश्वास लिइएको छ ।

सार्क राष्ट्रमध्येको एक बङ्गलादेश ठूलै जनसङ्ख्या भएका मध्येमा पर्दछ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क हेर्दा त्यहाँबाट आउने पर्यटकको सङ्ख्या भने कमै छ । पछिल्ला वर्षको तथ्याङ्क हेर्दा सन् २०१६ मा २३ हजार ४४० पर्यटक बङ्गलादेशबाट आएको देखिन्छ । त्यस्तै सन् २०१७ मा २९ हजार ६० जना पर्यटक आएका थिए ।

त्यस्तै सन् २०१८ मा २६ हजार ३५५ जना र २०१९ को अक्टोबरसम्म १९ हजार २७९ जना पर्यटक आएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिनुभयो ।

राष्ट्रपति हमिदको नेपाल भ्रमणले आगामी दिनमा बङ्गलादेशबाट आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिइएको उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणसँगै बढेको भारतीय पर्यटकको आगमन बढे जस्तै राष्ट्रपति हमिदको पोखरा भ्रमणले यहाँको पर्यटन बजारमा सकारात्मक प्रभाव पार्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउनुहुन्छ ।

“बङ्गलादेशको ठूलो जनसङ्ख्याका साथै पछिल्लो समयमा उक्त देशमा बढ्दै गएको भ्रमण संस्कृतिको विकासको वास्तविकतामा हमिदले गर्नुभएको पोखरा भ्रमणले ठूलो महत्व राख्दछ”, उहाँले भन्नुभयो, “विदेशी राष्ट्रको राष्ट्र प्रमुखले गर्नुभएको यो भ्रमण आफैँमा करोडौँ रुपैयाँ खर्च गरेर गरिने प्रवद्र्धनले भन्दा पनि राम्रो प्रभाव पार्ने हाम्रो विश्वास छ ।”

यो भ्रमणले बङ्गलादेश र नेपाललाई पर्यटकीयरुपमा जोड्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । पछिल्ला वर्षमा पोखरामा पर्यटन लक्षित पूर्वाधार विकासका क्रम बढिरहेका अवस्थामा अतिविशिष्ट व्यक्तिले भ्रमण गर्न थालेका कारण व्यवसायीमा उत्साह थपेको पर्यटन व्यवसायी एवं होटेल एशिया, लेकसाइडका सञ्चालक धर्म पन्थीले बताउनुभयो ।

अतिविशिष्ट व्यक्तिको भ्रमणले गुणस्तरीय पर्यटक बढाउनका लागि पनि टेवा पु¥याउने उहाँले बताउनुभयो । पोखरामा सन् १९६० देखि नै विदेशी पर्यटकको आगमन बढ्दै गएकामा सन् १९८० को दशकयता क्रमिकरुपमा गति लिएको छ । सन् १९६० मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले पोखराको भ्रमण गर्नुभएको थियो ।

त्यस्तै सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीयाले पोखराको भ्रमण गर्नुभएको थियो भने सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णले पनि यहाँको भ्रमण गर्नुभएको थियो । चाँदी जस्तै टलक्क टल्कने हिमालको काखमा रहेको फेवातालका साथै यहाँका अन्य ताल सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सेती नदी र पातले छाँगो आदिले पर्यटक लोभ्याउने गरेका छन् । यी स्थलका साथै लेखनाथ क्षेत्रका बेगनास, रूपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल पनि यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् ।

पछिल्ला वर्षयता विसं २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक ९मिनी सार्क सम्मेलन० मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई पोखराले आकर्षित गरेको थियो ।

त्यस्तै २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि पोखराको भ्रमण गर्नुभयो । सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवं विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय उक्त समयमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो ।

उक्त समयमा विदेशी पाहुनाले पोखरालाई भगवान्ले फुर्सदमा बनाएको ठाउँ, महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त स्थानलगायतका उपमा दिनुले यहाँको सौन्दर्यको चर्चा चुल्याएको थियो । आफ्नो भ्रमणका क्रममा हिमाल र तालका रमणीय दृश्यलाई नियाल्दै राष्ट्रपति हमिदले यहाँका सुन्दर दृश्यले आफूलाई अत्यन्त हर्षित तुल्याएको अभिव्यक्ति दिनुले पुनःएकपटक यहाँको चर्चा देशविदेशमा चुलिएको छ ।

हमिदको भ्रमणले पोखराको पर्यटनमा सकारात्मक पार्ने लिइएको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा पोखरामा विशिष्ट पाहुनालाई राख्नसक्ने किसिमका होटल तथा पूर्वाधारले गति लिइरहेको छ ।

अतिविशिष्ट पाहुनालाई राख्नसक्ने किसिमका १०÷१२ वटा होटल सञ्चालनमा आइसकेको बताउँदै उहाँले पोखरा र आसपासमा सामान्यदेखि अत्यन्त सुविधा सम्पन्नसहित झण्डै ७५० को सङ्ख्यामा होटल रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा आसपासमा होटल तथा पूर्वाधारमा हालसम्म लगभग रु तीन खर्बसम्म लगानी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com