ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचनाको हक लोकतन्त्रको प्राणवायु हो– बाँस्कोटा


admin
२८ कार्तिक २०७६, बिहिबार   ७ : ५५   बजे

 

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनको हक लोकतन्त्रको प्राणवायु भएको बताउनुभएको छ । सूचनाको हक प्रभावकारीरुपमा कार्यान्वयन नभए लोकतन्त्र खतरामा पर्नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

सदरमुकाम खलङ्गामा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बाँस्कोटाले सूचनाको हक कार्यान्वयनले मात्रै सुशासन तथा लोकतन्त्रको संस्थागत विकास हुने बताउनुभयो । “राज्यले गरेका हरेक कामको यथार्थ विवरण तीन÷तीन महिनामा सार्वजनिक गर्नुपर्छ, यसले सरकार र जनताबीच विश्वासको वातावरण बलियो बनाउँछश, उहाँले भन्नुभयो । सूचनाको हक कार्यान्वयनमा निजामती र जनप्रतिनिधिमा रहेको परम्परागत सोच चुनौतीको रुपमा रहेको बाँस्कोटाको भनाइ थियो ।

“सत्तामा जाने प्रतिनिधि सूचनाको हक कार्यान्वयन गर्न अप्ठेरो मान्छन् तर प्रतिपक्षमा हुँदा सूचनाको हकको विषयमा बोल्ने परिपाटी छ, यसलाई सच्याएर सरकारी कामकाजलाई सार्वजनिक गर्न किन अप्ठेरो मान्न”, उहाँले भन्नुभयो, “सार्वभौमसत्ता सम्पन्न जनता भएकाले जनता मालिक हुन भन्ने कुरा कर्मचारी र जनप्रतिनिधिले बुझ्नु पर्छ ।” लोकतन्त्रमा नागरिकलाई सशक्तीकरण गर्ने कार्य सूचनाको हकले गर्ने भन्दै बाँस्कोटाले जनतालाई सूचनाको हक नदिँदा सरकार अलोकप्रिय बन्दै जाने बताउनुभयो । “सूचनाको हकको प्रभावकारी कार्यान्वयनको प्रचलनले भ्रष्टाचार नियन्त्रण हुन्छ, मुलुकमा लगानी भित्रन्छ, यसबाट आर्थिक समृद्धि प्राप्त हुन्छ, कार्यान्वयन नगरे सरकार अलोकप्रिय भएको मानिन्छ”, बाँस्कोटाले भन्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्टले सूचनाको हकको कार्यान्वयनले सबैलाई जिम्मेवार बन्न सघाउने बताउनुभयो । “जनताले सरकारी सेवा सहज, छिटो छरितो प्राप्त गर्न सहयोग पुग्ने गरी सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानले कर्मचारीको स्थायित्व कम हुने भएकाले पनि यसको कार्यान्वयन प्रभावकारीरुपमा हुन नसकेको बताउनुभयो । सार्वजनिक सरोकारका सूचनालाई व्यवस्थित गर्न बारम्बार ताकेता गरे पनि कार्यान्वयनमा नआएको जिल्ला हुलाक कार्यालयका प्रमुख धीरेन्द्रबहादुर भण्डारीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu