ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबुरामको मध्यमार्गी प्रस्ताव, सरकार नछोड्ने निर्णय


एबीसी न्यूज
कार्तिक २८, २०७६ बिहीबार  ३ : ५२ बजे

काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने भएको छ । तत्कालिन नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीबीच एकिकरण पश्चात बनेको समाजवादी पार्टीको बिहीबार बसेको पहिलो संघीय परिषद् बैठकले सरकार नछोड्ने निर्णय गरेको हो ।

विगत केहि समयदेखी समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराई खेमाले सरकार छाड्नु पर्ने विचार मिडियामा चुहाएको थियो । हाल सरकारमा सहभागी मन्त्रीहरु भने, तत्काल सरकार नछाड्ने पक्षमा रहेका थिए ।

आजको बैठकमा डा. बाबुराम भट्टराइले लगेको मध्यमार्गी प्रस्ताव अनुसार केहि समय सत्तारुढ दललाई कुर्ने र संविधान संशोधनको लागि दबाब दिने नीति लिएसँगै तत्कालको लागि संकट टरेको हो ।
केहि समयदेखी समाजवादी पार्टी र राजपाबीच एकता प्रकृया चलिरहेको समयमा सरकारबाट समाजवादी पार्टी बाहिरीदा राजपासँगको एकता भाडिन सक्ने आशंकाको कारण डा। भट्टराईले मध्यमार्गी प्रस्ताव ल्याएको मानिएको छ ।

सत्तारुढ दलले केहि समयदेखी मन्त्रीपरिषद पूर्नगठनमा समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा हुने निर्णयलाई पर्खदैं आएको थियो । समाजवादी पार्टी सरकारबाट हटेको खण्डमा राजपालाई सत्तारुढदलले सरकारमा सहभागी गराउने सम्भावना देखिनासाथ समाजवादी पार्टीले मध्यमार्गी प्रस्ताव पारित गर्न बाध्य भएको हो । यस सँगै एकाध दिन भित्रैमा मन्त्रीपरिषद पूर्नगठन हुने मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com