
ललितपुर, २७ कात्तिक । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका सिइयो सहित पाँच जना थुनामा पुगेका छन् । अस्पतालमै अवैध रुपमा मृर्गौला किनबेचमा संलग्न भएको आरोपमा पक्राउ परेका सिइओ, डाक्टरसहित पाँच जनालाई थुनामा पठाइएका हो ।मंगलबार जिल्ला अदालत ललितपुरले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पछि उनीहरुलाई थुनामा पठाइएको हो । अदालतले काठमाडौं २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा राजेश पन्त, रामेछाप दोरम्बा ३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका ९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो ।
मृर्गौला किनबेचमा संलग्न भएको आरोपमा २९ असोजमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि प्रहरीले मानव अंगको कारोबार कसुरमा मुद्दा चलाएको थियो ।







प्रतिक्रिया दिनुहोस्