ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील


admin
कार्तिक २६, २०७६ मंगलबार  ४ : ०४ बजे

काठमाडौं, २६ कात्तिक । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा क मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको २२ मध्ये १० वटा मतदानस्थल संवेदनशील रहेको छ ।

उपनिर्वाचनमा चाँगुनारायण नगरपालिकाभित्रका नौ वटा वडा र भक्तपुर नगरपालिका–१० को एक वटा गरी १० वटा मतदानस्थल संवेदनशील रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

यहाँका भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा, यसअघिका निर्वाचनमा देखिएका गतिविधि र सरकार विरोधी तत्वबाट हुनसक्ने गतिविधिलाई आधार मानेर संवेदनशील र सामान्य गरी दुई भागमा मतदानस्थललाई विभाजन गरिएको हो । कूल २२ मतदानस्थलमध्ये १० संवेदनशील र १२ मतदानस्थल सामान्य रहेको जानकारी दिँदै उहाँले चाँगुनारायण नगरपालिकाभित्रका साविक दुवाकोट गाविस, आजात मावि, नैचापौवा आधारभूत विद्यालय, राधाकृष्ण मावि, चुनदेवी मावि, साविक नगरकोट गाविस, सरस्वती उमावि थाकलमाँठ, साविक सुडाल गाविस, गणेश मावि ताथली र भक्तपुर नगरपालिकाभित्रको सरस्वती विद्यागृह नवदुर्गा स्थानका मतदानस्थल संवेदनशील रहेको उहाँले जानकारी दिनुभयो ।

उपनिर्वाचनका दिन एकीकृत सुरक्षा योजनाबाहेक नेपाली प्रहरीका कम्तीमा ६५० नेपाल प्रहरी सुरक्षाका लागि परिचालन गरिने प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । उपनिर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरा बनाएर सुरक्षा दिने गरी एकीकृत सुरक्षा योजना बनेको छ ।यस निर्वाचन क्षेत्रमा कूल ४५ हजार ३६ मतदाता रहेका छन् । ०७४ को निर्वाचनमा ४३ हजार ५३२ मतदाता रहेकामा अहिले ७४८ जना महिला र ७३६ पुरुष मतदाता थपिएर कूल ४५ हजार ३६ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो ।

त्रिपक्षीय प्रतिस्पर्धा हुने
प्रदेश सभा क मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा ९एमाले०का उम्मेदवार हरिशरण लामिछाने विजयी हुनुभएको थियो । मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो ।

प्रदेशसभाको गत निर्वाचनमा एमालेका उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याउनुभएको थियो । नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गर्नुभएको थियो ।यसपटकको उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद ९डिपी० ढकाललाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसले यसअघिको संविधानसभामा उम्मेदवारसमेत बन्नुभएका व्यवसायी कृष्णलाल भँडेल र नेमकिपाले पत्रकारितामा समेत सक्रिय रहेका युवानेता निरज लवजूलाई उम्मेदवार बनाएको छ ।

नेकपाका उम्मेदवार ढकाललाई यसपटकको निर्वाचनमा पहिलाको जितलाई सुनिश्चित गर्नैपर्ने चुनौती छ । यसका लागि आफू तयार रहेको र नेकपा एक ढिक्का भएर अगाडि बढेकाले जस्तोसुकै चुनौतीलाई पन्छाएर जित सुनिश्चित गर्ने ढकाल बताउनुहुन्छ ।‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न जनतासमक्ष घोषणापत्र लिएर चुनावी अभियानमा हामिएको बताउँदै ढकालले भन्नुभयो, “मेरो नाफाको जिन्दगी भक्तपुरका जनताको सुख र समृद्धिमा खर्च गर्छु, मुख्यरूपमा सङ्गठन र कार्यकर्ताको बल, जनताको विकासप्रतिको चाहना र नेकपाको समृद्ध भक्तपुर बनाउने अभियान नै विजयको मुख्य आधार हुनेछ ।”

यसपटकको निर्वाचनमा जित्नैपर्ने पार्टी दबाब रहेको काङ्ग्रेसका उम्मेदवार भँडेललाई विगतको तुलनामा पार्टीको मत बढाउनैपर्ने चुनौती रहेको छ । गत निर्वाचनमा आफ्नै पार्टीका मतदाताहरुले अन्तर्घात गरेका कारण पराजय भोग्नुपरेको दाबी गर्दै उम्मेदवार भँडेलले यसपटक कुनै अन्तर्घात नहुने भएकाले जित सुनिश्चित रहेको दाबी गर्नुहुन्छ । यसपटक राप्रपा संयुक्त समर्थन गर्नका लागि छलफल भइरहेको उहाँको भनाइ छ । राप्रपा संयुक्तको समर्थन रहे भारी मतान्तरले जित्ने उहाँको भनाइ छ ।विसं २०७० को संविधानसभा निर्वाचनमा भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग पराजित हुनुभएका भँडेललाई यसपटक भने नेकपा चुनौती बनेको छ । नेमकिपा आफ्नो प्रतिस्पर्धी नै नभएको उहाँ बताउनुहन्छ । यता नेमकिपाले पनि आफ्नो पुरानो विरासत कायम गर्छौ भन्दै यसपटकको प्रदेशसभा निर्वाचनमा पहिलो पार्टी हुने दौडमा लागेको छ । भक्तपुरमा दशकौँदेखि पकड जमाएको नेमकिपा प्रदेश निर्वाचन क्षेत्रमा पनि पकड जमाउने कसरतमा छ ।

यसअघिको प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार रहेर तेस्रो स्थानमा चित्त बुझाएको लवजूलाई नेमकिपाले यसपटक पुनः उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा ल्याएको छ । राष्ट्रियताको नारा लिएर सत्तामा बसिसकेका दलहरुको भण्डाफोर अभियान सञ्चालन गरेर मत माग्ने भन्दै प्रतिस्पर्धामा उत्रिएको नेमकिपाको भनाइ छ ।उम्मेदवार लवजू जनताले वैकल्पिक शक्तिको खोजी गरेकाले त्यो शक्तिको रुपमा नेमकिपा उभिएको बताउनुहुन्छ । जनताको हरेक दुःखसुखमा साथ रहँदै जनताको घरदैलोमा पुग्ने नेताको रुपमा आफू चिनिएकाले पनि यसपटक जित सुनिश्चित रहेको उहाँको दाबी छ ।

विगतमा चौथो शक्तिका रुपमा रहेको राप्रपा ९संयुक्त० को उम्मेदवार रामशरण लामिछानेको समानुपातिक बन्द सूचीमा समेत नाम रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि यो निर्वाचनमा राप्रपा संयुक्तको उम्मेदवारी रहेन । त्यसैले पनि राप्रपा ९संयुक्त० ले जसलाई समर्थन ग¥यो उसलाई सहज हुने आँकलन पनि गर्न थालिएको छ ।त्यसैगरी यस क्षेत्रमा उम्मेदवारी दिएका साझा पार्टीका सुरज प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, नेकपा मालेका सुदर्शन लामिछाने, नेपाली काङ्ग्रेस ९बिपी०का मधुसुदन न्यौपाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार पनि चुनावी प्रचार अभियानमा लागेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु सुजाता देउजा, अर्जुन कोजू, कृष्णराम पोतामाहा, राकेश सुवाल, सङ्गीता पौडेल, उत्तम साखकर्मी, जीवन नेपाली, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, सुमना कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com