ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान


admin
कार्तिक २५, २०७६ सोमबार  ३ : ४२ बजे

झापा,२५ कात्तिक । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउनुभएको छ ।

दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उहाँले बताउनुभयो । “अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँ”, गजुरेलले भन्नुभयो, “कृषि प्राविधिकलाई सोध्दा किरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन हुँदैन भनेपछि आगो लगाएँ ।”

उहाँले वडा नम्बर –९ का ८ जनाभन्दा बढी किसानको १० विघा खेतमा पाकेको धान फड्के किराले सखाप पारेको बताउनुभयो । सोही कारण मेचीनगर–४ बाहुनडाँगी क्षेत्रका किसानले समेत धान खेतमा आगो लगाएका छन् ।

बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २ र ३ का किसानको करिब १२ विघा जमीनमा लगाएको धान खेतमा आगो लगाइएको गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताउनुभयो । उहाँले फड्के किराको प्रकोपका कारण पाक्न लागेको धान सुकेर काम नलाग्ने अवस्थामा पुगेपछि किसानले खेतमै आगो लगाएको बताउनुभयो । उहाँका अनुसार क्षति हुने किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्य गाउँपालिकाले गरिरहेको छ । उनीहरुलाई गाउँपालिकाले नै क्षतिपूर्ति भराउन नसके पनि प्रदेश सरकारसँग राहतका लागि पहल गर्ने उहाँको भनाइ छ ।

गौरीगञ्ज गाउँपालिका–३ ठेकीटोलका किसानले लगाएको २० विघामा यो रोगको प्रकोप देखिएको छ । शुरुमा धानको फेदमा कालो देखिने र क्रमशः बोट नै मर्ने गरेको स्थानीय किसान महेन्द्र रिजालले बताउनुभयो । “पाकेको धान भित्र्याउन पाइएन”, उहाँले भन्नुभयो, “वर्षभरि के खाने भन्ने चिन्तासँगै परालसमेत काम नलाग्दा गाईवस्तुलाई के खुवाउने भन्ने पीर बढ्यो ।” भुसुना जस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाएको अर्का किसान नगेन्द्रप्रसाद गड्तौलाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी तथा प्राविधिक शेषराज पौडेलले मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसताक्षी, बुद्धशान्ति र गौरीगञ्जमा विशेषगरी फड्के किराको प्रकोप देखिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाभरमा करिब सय विघा जमीनमा यो किराको प्रकोप देखिएको छ । समयमै किसानले थाहा नपाएको र औषधि गर्न नसक्दा यो रोगका कारण यति धेरै क्षति भएको उहाँको भनाइ छ ।

ज्ञान केन्द्रले क्षति पुगेको स्थानका किसानको तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहलाई अनुरोध गरेको बताउँदै उहाँले भन्नुभयो, “तथ्याङ्क आइसकेपछि राहतका लागि प्रदेश र केन्द सरकारसँग पहल गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com