ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘शहिद परिवार र घाइतेमाथि मुख्यमन्त्रीको अपमान’(भिडियोसहित)


admin

काठमाडौं २५ कात्तिक । मधेश आन्दोलनका बेला सयौ शहिद बलिदानिको सेन्टिमेन्टबाट बनेको प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका घाइते तथा सहिद परिवारहरुलाई अपमान गरेका छन् । मधेश आन्दोलनकै जगमा मधेशवादी दलले जनमत पाएपछि मुख्यमन्त्री बनेका राउतले सहिद परिवार तथा घाइतेहरुलाई भेट्न समेत समय नदिएर अपमान गरेका हुन् ।

मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पुरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका घाइते तथा सहिद परिवारहरु पूर्व सूचना दिएर बिहीबार दिउँसो १ बजे मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री कार्यालय जनकपुर आएका थिए । तर, उनीहरुलाई मुख्यमन्त्रीले समय दिएनन् । ज्ञापनपत्र बुझाउन आउन लागेको थाहा हुँदाहुँदै पनि मुख्यमन्त्री राउत भने सिरहा जिल्लाको कार्यक्रममा सहभागि हुन गएर आफुहरुलाई नभेटी अपमान गरेको मधेश आन्दोलनका घाइते पर्साका विजय यादवले बताए । मुख्यमन्त्रीले आ“फुहरुलाई वेवास्ता र अपमान गरेको गुनासो गरे ।

त्यस्तै, बारा कलैयाका मधेश आन्दोलन २०६३ का घाइते जितेन्द्र प्रसाद यादवले सहिद र घाइतेहरुको बलबुतामा सत्तामा पुगेपछि उनीहरुको रहनसहन, बोलीवचन सबै फेरिएको र अहिले उनीहरु सहिद परिवार र घाइतेहरुको मुख समेत हेर्न नचाहेको दुखेसो पोखे । त्यस्तै अर्का घाइते लालबाबु राउत कुर्मीले मधेश आन्दोलनमा सहादत भएका सहिद परिवारलाई ५० लाख रुपैया“ र घाइतेलाई उपचार तथा परिवारको व्यवस्थापनको घोषणा गर्नेहरु अहिले सत्तामा आएर सबै विर्सिएको दुखेसो पोखे । अहिले जागिरको नाममा प्रदेश सरकारले सहिद परिवारलाई पिउन, चपरासीको जागिर दिएर अपमान गरेको उनिहरुको गुनासो छ ।

मुख्यमन्त्रीले समय दिएर ज्ञापन नबुझी बाहिर गएपछि घाइते तथा सहिद परिवारहरु निराश भएर घर फर्किएका छन् । उनीहरुले छिटै आफुहरुको माग सम्बोधन नभए मुख्यमन्त्री कार्यालयमै आएर अनसन बस्ने चेतावनी दिएका छन् ।सहिद परिवार र घाइतेहरुलाई जिल्लाको सदमुकाममा स्वीकृत बस्ती निर्माण गरी आवासको सेवा सुविधा प्रदान गर्ने छोराछोरीलाई उच्च शिक्षासम्मको लागि अनुदानको व्यवस्था गर्ने पनि उनिहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com