ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु


admin
२५ कार्तिक २०७६, सोमबार   १ : ०२   बजे

महोत्तरी,२५ कात्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका छोरा नौ वर्षीय राजकुमार मुखियालाई शनिबार साँझ जलेश्वर–२ मै रहेको नेपाल रेडक्रस सोसाइटी अगाडि सडकमा लु२त ७६९९ नंको ट्याक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा आइतबार बिहान ७ बजे उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्यस्तै आइतबार दिउँसो १ बजे जिल्लाको पिपरा गाउँपालिका– २ अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफलाई जलेश्वर नपा–२ स्थितबुद्धिजीविचोकमा बर्दिवासबाट बालुवा बोकेर आएको ना१क ९६८३ नंको टिपरले ठक्कर दिँदा दाँहिने खुट्टा नै शरीरबाट अलग हुने भएर उनी गम्भीर घाइते भएपछि उनलाई पनि जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुरमा अवस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा लगिएकामा आइतबार अबेर साँझ उनको पनि सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।यसरी महोत्तरीको जलेश्वरमा एकै दिन सवारी दुर्घटनामा परेका एक बालक र एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu