ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकको सम्मानले मात्र समृद्धि ल्याउने उम्मेदवार भट्टराईको भनाइ


admin
२३ कार्तिक २०७६, शनिबार   २ : ३४   बजे

पोखरा,२३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने बताउनुभएको छ । जिफन्ट गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको श्रमिकको भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भएकाले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताउनुभयो । देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकार सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको उल्लेख गर्नुभयो ।

यसलाई थप प्रभावकारी बनाउन र श्रमिकलाई थप सवलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चूडामणि जङ्गली र श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमिकको हकअधिकार र सशक्तीकरणका लागि नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउनुभयो । आगामी दिनमा समेत श्रमिकको भावना र चाहनालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्नसक्ने उहाँहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu