ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिपुलेक र कालापानीका विषयमा सरकारले पहल गर्नुपर्छ– दिलेन्द्रप्रसाद बडू


admin

काठमाडौं २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूले हालै भारतले सार्वजनिक गरको राजनीतिक नयाँ नक्सामा नेपालको भू–भाग मिचेको कुरामा सरकारले कूटनीतिक तवरबाट चाँडो समाधान निकाल्नुपर्ने बताउनुभएको छ ।

नेपालको सिमाना दार्चुला जिल्लामा पर्ने कालापानी र लिपुलेक भारतले आफ्नो राजनीतिक नक्साभित्र राखी नेपालको सिमाना अतिक्रमण गरेको भन्दै नेता बडूले पार्टी र व्यक्तिगत तर्फबाट आपत्तिसमेत जनाउनुभयो । नक्सा परिवर्तन गराउन सरकारले कूटनीतिक पहल गरी चाँडै समाधान निकाल्नुपर्ने जनाउँदै नेता बडूले भन्नुभयो, “नेपाली काङ्ग्रेस राष्ट्र र सीमा बचाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने छ ।”

डडेल्धुरामा अनशनरत डा गोविन्द केसीलाई भेट्न आइपुग्नुभएका नेता बडूले भन्नुभयो, “राष्ट्र नै खतरामा परेको बेला सरकार किन अग्रसर भइरहेको छैन र यो विषयमा जोडदारले किन अवाज उठाइरहेको छैन रु सरकारप्रति शङ्का उब्जिरहेको छ ।”

नेता बडूले हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालनको सिमाना मिचिएको अवस्था आपत्तिजनक विषय भएको भन्दै सरकार तथा सबै पार्टीले यो विषयमा आपत्ति जनाई राष्ट्रियता नै सङ्कटमा परेको बेला एक ठाउँमा उभिएर साथ दिई राजनीतिक तवरबाट समाधान गरिनु पर्ने बताउनुभयो । सिमाना मिचिएको भाग दार्चुलाको मात्रै नभई राष्ट्रिय अखण्डतालाई नै आँच पुग्ने कार्य छिमेकी राष्ट्रबाट भएकाले यसमा सरकारको आधिकारिक धारणा प्रस्तुत हुनु पर्नेमा नेता बडूले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com