
काठमाडौं २२ कात्तिक । पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले ज्योतीलाई हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । हाउजिङका नाममा विभिन्न व्यक्तिसंग करोडौं रुपैया उठाएर ठगी गरेको आरोप लागेका ज्योतीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको परिसरका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले जानकारी दिनुभयो । ललितपुर जिल्ला अदालतले मुद्दाको छिनोफानो नभएसम्म ज्योतीलाई पक्राउ नगर्न आदेश दिएकोमा सर्वोच्च अदालतले हिजो पक्राउ गर्नबाट रोक्न नमिल्ने फैसला गरेको केही समयपछि नै प्रहरीले पक्राउ गरेको हो ।








प्रतिक्रिया दिनुहोस्