ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षभित्र नेपाल डिजिटल बन्ने


admin
कार्तिक १९, २०७६ मंगलबार  ६ : ५१ बजे

काठमाडौं, १९ कात्तिक । अगामी पाँच वर्ष भित्रमा डिजिटल नेपाल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना बनाइसकेको छ ।

कार्यक्रम कार्यान्वय कार्ययोजनाका विषयमा मन्त्रालयद्वारा यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयले आठ वटा क्षेत्र डिजिटल फाउण्डेशन, कृषि, शहरी पूर्वाधार, वित्त, पर्यटन, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रथमिकतामा राखेको छ ।

डिजिटल नेपालको कल्पनाले नै नेपालले विकासमा फड्को मार्न सक्ने, आर्थिक वृद्धिदर १० दशमलव चार प्रतिशत पु¥याउने र प्रत्येक नेपालीको वार्षिक आय एक हजार ६२ अमेरिकी डलरबाट एक हजार ६२० अमेरिकी डलर पु¥याउने, हरेक सरकारी सेवा सुविधामा जनताको उल्लेखनीय पहुँच पु¥याउने र नेपाली जनताको समय र लागतमा कमी ल्याई अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउने डिजिटल नेपालको कार्ययोजनामा परिभाषित गरिएको छ ।

डिजिटल नेपालले ठहर गरेको आठ वटा आधारमा डिजिटल फाउण्डेशन र शहरी पूर्वाधारका बारेमा मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, कृषि, स्वास्थ्य र शिक्षाका विषयमा मन्त्रालयका उपसचिव रामगोविन्द अर्याल, ऊर्जा र पर्यटनका विषयमा मन्त्रालयका कम्प्युटर इन्जिनियर कल्पना ज्ञवाली र विद्युतीय हस्ताक्षर र यसको प्रयोगको विषयमा मन्त्रालयका उपसचिव अनिलकुमार दत्तले विस्तृत कार्य योजना प्रस्तुत गर्नु भएको थियो । दुई दिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका करिब ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com