
काठमाडौं, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको जबरजस्ती करणी उद्योगमा पक्राउ परेका मुद्दाको थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । आइतबार महराको पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएको थियो ।
न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको हो । महराको पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । अदालतमा बहस भैरहँदा पीडित भनिएकी रोशनी शाहीले बन्द इजलासमा बोल्ने अनुमति मागे पनि न्यायाधी पाण्डेले अनुमति दिनु भएन । महराले बलत्कार प्रयास गरेको भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी छिन् । महरा आफ्नो कोठामा नआएको उनले अदालतमा बयान दिएकी थिइन्। बहस सकिएसँगै अहिले फैसला तयार गर्ने काम भइरहेको छ ।
महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । उनलाई डिल्लीबजार कारागार लगिनेछ ।







प्रतिक्रिया दिनुहोस्