ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा कार्यालयबाट लुटिएको महत्वपूर्ण सामग्री गायब


admin
कार्तिक १५, २०७६ शुक्रबार  ३ : ५२ बजे

काठमाडौं, १५ कात्तिक । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको अन्य सामग्री भने प्रहरीले बिहीबार दिउँसो देउरालीचोकमा नियन्त्रणमा लिएको थियो ।

वडा कार्यालयबाट सामग्री लुटेर चार वटा गाडीमा हालेको तर ल्यापटप कम्प्युटरलगायत महत्वपूर्ण कागजात भने निजी कारमा अर्कै बाटो लगेकाले प्रहरीले फर्काउन सकेको थिएन । नमोबुद्ध नगरपालिका–३ कै विष्णु पौडेलको निजी कारमा लगेको ल्यापटप कम्प्युटर, तीन माइन्यूट बुक, नगद रु ३० हजार र केही रसिद प्याडहरु फिर्ता नभएको वडाध्यक्ष रामशरण हुमागाईँले बताउनुभयो । “कार अर्कै बाटो गएकाले प्रहरीले फेला पार्न सकेन, कारबाहेकको अन्य सामग्री प्रहरीले कार्यालयमा फिर्ता गराइसक्यो”, हुमागाईँले भन्नुभयो ।

नेपाली काङ्ग्रेस समर्थित भुपू सैनिक सङ्घ काभ्रेपलाञ्चोकको जिल्ला अध्यक्ष नमोबुद्ध नगरपालिका–३ दाहालटार निबवासी इन्द्रप्रसाद दाहालको नेतृत्वमा गएको करीब तीन दर्जनको समूहले भेँडाबरीस्थित वडा कार्यालयको डेक्सटप कम्प्युटर एक, ल्यापटप कम्प्युटर एक, दराज, सम्पूर्ण कागजपत्र ९फाइल०, कार्यालयका टेबुल–कुर्सी, कार्पेटलगायत सबै सामग्री लुटेर तीन वटा ट्रक र एक निजी कारमा लगिरहेको अवस्थामा तीन वटा ट्रक जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो ।

“हामी पुग्नेबित्तिकै गाडी छाडेर सबै भागे, कसैलाई पनि नियन्त्रणमा लिन सकिएन, नियन्त्रित सामग्री सुरक्षित गरी कार्यालयमा फर्काइयो, कारमा लगेको सामग्री फेला पार्न सकिएन, कार्यालयसँग फिर्ता नभएको सामग्रीको सूची मागेका छौँ”, प्रहरी उपरीक्षक जयराज सापकोटाले भन्नुभयो । वडा कार्यालयका लागि व्यवस्थित गरिएको जमीन नापजाँचसम्बन्धी काम गर्न वडाध्यक्ष हुमागाईँ नापी कार्यालय धुलिखेल गएको मौकामा बिहीबार बिहान ११ बजे नेपाली काङ्गे्रसका स्थानीय नेता÷कार्यकर्ताले वडा सदस्य, वडा सचिव र वडाका एक कर्मचारीलाई बाहिर निकाली वडा कार्यालयका सम्पूर्ण सामग्री लुटेर लगेका थिए ।

केही समयदेखि वडा कार्यालय सार्ने विषयमा काङ्ग्रेसका नेता कार्यकर्ताले आफूलाई दाहालचौरमा सार्नुपर्छ भन्दै दबाब दिँदै आएको वडाध्यक्ष हुमागाईँले बताउनुभयो । उहाँका अनुसार अस्थायीरूपमा भेँडाबारीस्थित एक घरमा सञ्चालन गरिँदै आइएको वडा कार्यालय वडाको केन्द्र भाग पर्ने गरी देउरालीडाँडामा राख्ने निर्णय वडास्थित जनप्रतिनिधि तथा नगर कार्यपालिका समेतको बैठकले निर्णय गरिसकेको छ ।

भुपू सैनिक सङ्घका जिल्ला अध्यक्ष दाहालले बिहीबार आफूहरुले वडा कार्यालयको सामग्री निकालेर ल्याएको तर सबै सामग्री फिर्ता भइसकेको दाबी गर्नुभयो । उहाँले वडा कार्यालयको सामग्री नगरपालिका कार्यालयमा बुझाउन लाग्दा प्रहरीले हस्तक्षेप गरी फिर्ता गरेको बताउनुभयो । नगरप्रमुख टङ्कप्रसाद शर्माले भने वडा कार्यालयका कुनै पनि सामग्री नगर कार्यालयमा नआएको बताउनुभयो ।

वडाध्यक्ष हुमागाईँका अनुसार वडा कार्यालयको सामग्री लुट्ने तथा महत्वूर्ण सामग्री गायब बनाउनेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा जाने तयारी भइरहेको छ । “नगर कार्यपालिकाको बैठकपछि सरकारी कागजात लुट्ने र गायब पार्नेविरुद्ध किटानी जाहेरीको प्रक्रियामा छौँ”, वडाध्यक्ष हुमागाईँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com