ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानले नै फोहोर व्यवस्थापनको काम स्थानीय तहले गर्ने व्यवस्था गरेको छ– मन्त्री राई


admin
कार्तिक १४, २०७६ बिहीबार  १ : ४१ बजे

काठमाडौं, १४ कात्तिक । सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहको भएको बताउनु भएको छ ।

बञ्चरेडाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दवाव दिईरहेका बेला मन्त्री राईले संविधान अनुसार काठमाडौं महानगरपालिक लगायतका स्थानीय तहले नै सो डाँडाको फोहोर व्यवस्थापन गर्नुपर्ने तर्क गर्नु भएको हो । उहाँले बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएपनि त्यसको जिम्मेवारी आफ्नै मन्त्रालयले लिनुपर्ने बाध्यता आएको उल्लेख गर्दै गुनासो पनि गर्नु भयो । ‘संविधानले नै फोहोर व्यवस्थापनको काम स्थानीय तहले गर्ने स्पष्ट व्यवस्था गरेको छ,’ मन्त्री राईको असन्तुष्टि थियो, ‘तर बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको जिम्मेवारी सहरी विकास मन्त्रालयले लिनु परेको छ ।’

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राईले विभिन्न मन्त्रालयबीचको अधिकार क्षेत्रमा देखिएका विवादका कारण पनि बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा कठिनाई भईरहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री राईले सरकारले फोहोर व्यवस्थापन हुनेगरी आधुनिक सहरको बस्ती व्यवस्थापनको कामलाई अघि बढाएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

सम्बन्धित

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com