ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्म र संस्कृति बचाउन सबैको योगदान आवश्यक– मन्त्री पण्डित


admin
कार्तिक ९, २०७६ शनिबार  १२ : ३९ बजे

काठमाडौं, ९  कार्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको मन्दिर एवं सामुदायिक भवनको आज शिलान्यास गर्दै उहाँले संस्कृति र धर्म हाम्रो परम्परा हो, यसको जगेर्नाबाट नै समाजलाई एकतामा बाँध्न सकिने कुरामा जोड दिनुभयो ।

उहाँले नवनिर्माण हुने बहुतले सामुदायिक भवनको गुणस्तरीयतामा कमी आउन दिन हुँदैन भन्दै यो भवन हाम्रो धार्मिक र सामाजिक आस्थाको धरोहर हुने चर्चा गर्नुभयो । उहाँले स्थानीय जनताले उत्साहका साथ मन्दिर निर्माणमा तीव्रता दिन आग्रह गर्दै सङ्घीय सरकारले आवश्यक थप बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिनुभयो ।

मन्त्री पण्डितले स्थानीय जनताका सहयोगले निर्माण हुन भवनबाट यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक कार्यमा सहयोग गर्न तीन तहको सरकारको सहयोग रहने बताउँदै समाजको विकासका लागि सबैको साझेदारी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिका बनाउने कार्यमा सबैको साझेदारीबाट नै अबको केही महीनाभित्र सार्थक परिणाम आउने चर्चा गर्नुभयो । सांसदद्वय अमनलाल मोदी र खेम नेपाली, प्रदेशसभा सदस्य सावित्री रेग्मी, समाजसेवी पङ्कज बर्मा, बाबुराम कार्कीलगायतले जनघनत्व वृद्धिसँगै सबै क्षेत्रमा सामाजिक कार्यका लागि सामुदायिक भवन निर्माण गर्नुपर्ने बताउनुभयो ।

समाजसेवी पङ्कज बर्माले रु दुई लाख ५१ हजार र भवन निर्माण समितिका संयोजक धीरेन्द्र कर्णले सामुदायिक भवन निर्माणका लागि रु ५१ हजार सहयोग प्रदान गर्ने जानकारी दिनुभयो । विराटनगर–२ स्थित दुई कठ्ठा जग्गामा निर्माण गरिने दुईतले मन्दिरमा दुई सभाहलसहित पाँचवटा कोठा रहनेछन् । दुई वर्षभित्र मन्दिर एवं सामुदायिक भवन निर्माण सम्पन्न गर्नका लागि रु दुई करोड रकम लाग्ने अनुमान रहेको छ ।

सङ्घीय सरकारको तराई–मधेश समृद्धिअन्तर्गत सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत हाल रु २५ लाख र प्रदेश सरकारले रु पाँच लाख प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

सम्बन्धित

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com