ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमण वर्ष सफल बनाउन जिल्ला स्तरीय समिति


admin
कार्तिक ८, २०७६ शुक्रबार  १ : ०९ बजे

काठमाडौं, ८  कात्तिक । नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । भ्रमण वर्षलाई जिल्लामा प्रभावकारी बनाउँदै सफल बनाउन शुक्रबार परासीमा सरोकार निकायका प्रतिनिधिको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिले भ्रमण वर्षलाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको सूची बनाई प्रवद्र्धन गर्ने, स्थानीयस्तरमा उपसमिति गठन गर्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सक्रियताका साथ काम गर्ने निर्णय गरेको छ ।

समितिमा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निकायबाट प्रतिनिधित्व गराइएको छ । समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य राजेश यादव, होटल व्यवसायीबाट होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रमेश पाण्डे र नवराज अधिकारी, उद्योगी व्यवसायीबाट उद्योग वाणिज्य सङ्घ नवलपरासीका महासचिव गिरीराज पाण्डेय र सचिव तारा आचार्य, ट्राभल एण्ड टूर व्यवसायीबाट पाल्ही मध्यनेपाल यातायात प्रालिका अध्यक्ष ऋषिराम पौडेल, पत्रकार महासङ्घबाट जिल्ला अध्यक्ष हरि शर्मा रहनुभएको छ ।

यसैगरी पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिमध्येबाट राससकर्मी मोहन पौडेल, पर्यटन पत्रकार विष्णु खनाल, बेचु गौड, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, सामुदायिक रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्य, समाजसेवीहरुको तर्फबाट श्याम बुचामगर, रिङ्कुकुमार गुप्ता, सूर्यबहादुर आलेमगर, सन्तोष यादव, भोजकुमारी चौधरी, पुरमाया मगर, गायत्री आचार्य तथा सदस्यसचिवमा जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतम रहनुभएको छ ।

जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका प्रमुख रायले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै आफ्नो लाग्न आग्रह गर्नुभयो । आगामी दिनमा कार्ययोजना नै बनाएर जिल्लामा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com