ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने


एबीसी न्यूज
कार्तिक ८, २०७६ शुक्रबार  ७ : ५३ बजे


काठमाडौं, ८   कात्तिक ।  पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने स्पष्ट पारेको छ ।

धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी सञ्चालकले सेवा प्रदान गर्नुपर्ने गरी व्यवस्था गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

धर्मशालामा तीनतारे होटल चलाउन लागिएको भनी गरिएको प्रचारप्रसारप्रति कोषको ध्यानाकर्षण भएको जनाइएको छ । “सार्वजनिक खरीद ऐन तथा नियमावलीबमोजिम ठेक्का बन्दोबस्त गरी सार्वजनिक सूचना प्रकाशित गरेर खुला प्रतिष्पर्धाबाट सञ्चालनको जिम्मेवारी दिइएको हो, तीर्थयात्रीको प्रवृत्ति शौचालयसहितको कोठामा बस्नेतर्फ बढ्दै गएकाले १० जनाभन्दा बढी अट्नेलाई केही सुधार गरिएको हो”, उहाँले भन्नुभयो ।

धर्मशालामा २८८ कोठा रहेको भन्ने तथ्यसमेत सही नभएको कोषले विज्ञप्तिमा उल्लेख गरेको छ । धर्मशालामा जम्मा ८२ कोठा रहेको जनाइएको छ । धर्मशालामा ३९० जना यात्रु अटाउने छन् । थोरै शुल्कमा धेरै सुविधा दिने गरी कोठाको पुनःसंरचना गरिएको कोषले जनाएको छ ।

ठूला सवारी लिई समूहमा आउने तीर्थयात्रीलाई सामूहिकरुपमै बस्नसक्ने व्यवस्था पनि गरिएको सदस्य सचिव ढकालले बताउनुभयो । सामूहिक शयन कक्ष भएको कोठामा बस्ने तीर्थयात्रीले रु ३५० भन्दा बढी तिर्नु पर्दैन ।

कोषको मूल उद्देश्य धर्मशालाबाट नाफा कमाउनु नरहेको उहाँको भनाइ छ । तीर्थयात्रीको क्षमताअनुसारका न्यूनतम् सुविधा उपलब्ध गराउने उद्देश्यअनुसार नै धर्मशाला सञ्चालन गरी सुविधा दिइने कोषले जनाएको छ ।

भारत सरकारको सहयोगमा निर्माण भएको धर्मशाला बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष भदौ १५ गते नेपाली समकक्षी केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

तिलगङ्गा आँखा अस्पतालसँगै कोषले उपलब्ध गराएको १६ रोपनी क्षेत्रफलमा फैलिएको धर्मशाला निर्माणका लागि रु २२ करोड लागेको थियो । भारत सरकारले नै धर्मशाला निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com