ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक तथा सांस्कृतिक महत्वको सम्पदा धरहरा पुननिर्माणको काम कछुवा गतिमा (भिडियोसहित)


एबीसी न्यूज
कार्तिक ७, २०७६ बिहीबार  ११ : ३४ बजे

काठमाडौं, ७  कात्तिक । ऐतिहासिक तथा सांस्कृतिक महत्वको सम्पदा धरहरा पुननिर्माणको काम कछुवा गतिमा छ । राजनीतिक संरक्षण पुर्ननिर्माणको जिम्मा लिएको रमण कन्ट्रक्सनको मनलाग्दी छ । पुननिर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले १ वर्ष बढी भैसक्दा पनि ३० प्रतिशत पनि काम गर्न सकेको छैन ।

ऐतिहासिक, सांस्कृतिक सम्पदा धरहरा भूकम्पले ढलेको ४ वर्ष भयो, लामो समय अलमलमा फसेको सरकारले अन्ततः प्राधिकरणमार्फत बनाउने बाचा गरेको हो। सरकारी बाचा अनुसार धरहराको पुननिर्माणको जिम्मा दिइयो पनि । कामको जिम्मा रमन कन्ट्रक्सनले लियो । दुई वर्षभित्र पुर्ननिमाण सक्ने गरि २०७५ पुष १२ मा प्राधिकरण र रमन कन्स्ट्रक्सनबीच सम्झौता भएको हो ।

तर सम्झौताको एक वर्ष बितेपनि कम्पनीको काम टीठ लाग्दो छ । २२ तले धरहरा बनाउने ठेक्का लिएको रमणले एक वर्षमा एक तला पनि निर्माण गर्न अझै सकेन । राजनीतिक संरक्षणमा ठेकेदार कम्पनीको मनोमानी छ ।

कमिशनको खेलमा ठेक्का लिने नौलो विषय त होइन नेपालमा । तेही मौकामा चौका हान्दै ठेक्का हात पारेको हो, रमण कन्ट्रक्सनले । तर रमणले राजनीतिक शक्तिको आडमा निर्माणमा अटेरी गरिरहेको छ । जसका कारण धरहरा पुनर्निर्माणको काम कछुवा गतिमा गुज्रीरहेको छ । यसको मुल कारण देशभरका ठेक्का ओगट्ने निर्माणकम्पनीको गलत प्रवृत्ति हो ।

पूंजी र प्रविधि भन्दाको क्षमता भन्दा पनि राजनीतिक दक्खलतामा ठेक्का हात पार्ने प्रचलन व्यापक छ । त्यही माहोलमा रमन कन्स्ट्रक्सनको राइदाइ चलिरहेकै छ धरहरा बनाउनमा । निर्माण कम्पनीको कमजोर कार्यकुशलताकै कारण हालसम्ममा अपेक्षित काम हुन सकेन ।

समयमै धरहरा पुननिर्माण हुन नसक्दा धरहरा परिसरका स्थानीयहरुको सामाजिक तथा आर्थिक गतिविधिमा समेत असर पुगिरहेको छ । राजधानीको व्यस्त क्षेत्र सुन्धरा परिसरमा रहेको धरहरा पुननिर्माण हुन नसक्दा काठमाडौंको सुन्दरतामै नकारात्मक प्रभाव परिरहेको छ । भ्रमण वर्ष २०२० नजिकिदै छ, धरहरहरा निर्माणको गति सुस्ताउदै छ ।भ्रमण वर्ष अगावै धरहरा नबन्ने भएपछि भ्रमण वर्षको रौनकतामा प्रभाव पर्ने पक्का छ ।

वि.सं. १८८२ मा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले बनाएको ११ तलाको धरहरा वि.सं. १९९० सालको भूकम्पले भत्काएको हो । राणाकालमा भत्किएको धरहराको मौलिक स्वरुपसहितमा जुद्ध शम्शेरले २ वर्षमै निर्माण गरेका हुन् । ९ तलाको धरहराको पुननिर्माण गर्न त्यति समय लागेन राणा प्रधानमन्त्री जुद्ध शम्शेरलाई । तर, अहिलेको वैज्ञानिक युगमा भने समयमै धरहराको पुननिर्माण हुन नसक्नु लज्जाको विषय हो । अपितु निर्माण कम्पनीले तोकिएकै समयभित्र पुरा हुने कसम खान छोडेकै छैन ।

त्यसो त रमन कन्स्ट्रक्सनले देशका अन्य राष्ट्रिय गौरवका आयोजनाहरुको काम पनि गरिरहेको छ । धरहराको बेसमेन्टको काम गर्न भएको समल लागेको उसको दावी छ । बेसमेन्टमा समय लागेपनि अन्य तला थप्नमा समय नलाग्ने रमणका प्राविधिको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com