ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढ्यो (भिडियोसहित)


एबीसी न्यूज
७ कार्तिक २०७६, बिहिबार   १० : ३५   बजे


काठमाडौं, ७  कात्तिक । नेपालीहरुको मुख्य चाड तिहार नजिकिएसंगै बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको छ । काठमाडौंमा विशेषगरी असन, भोटाहिटी, न्युरोड, इन्द्रचोकल गायतका मुख्य बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल ह्वात्तै बढेको छ ।

नेपालीहरुको चाड शुभदिपावली तथा तिहार नजिकिएसंगै काठमाडौं लगायत देशभर तिहारका सामाग्री किनमेल गर्ने ग्राहकको भिडभाड देखिन थालेको छ । प्राय सधैं भिडभाड भइरहने काठमाडौंको असन बजार तिहार नजिकिएसंगै झनै भिडभाड देखिन्छ । तिहारका लागि भाइमसला पाइने मुख्य स्थान मख्खन गल्लीमा पनि उस्तै भीड छ ।

खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरु उपभोक्ताको भिडभाडकै कारण मेलास्थल जस्तै देखिएका छन् ।

बजारमा किनमेल गर्न आउने ग्राहकको यो भीडले तिहारको रौनक दर्शाएको छ । तिहारको समयमा विशेष प्रयोग हुने सामनहरु झिलीमिली बत्ती, तामा पित्तलका भा“डा तथा दियो, मखमली र सयपत्री फूल, प्लास्टीका मालाहरु, भाइमसला, सप्तर¨ी टिका लगायतका तिहार सामाग्रीहरु यतिवेला बजारमा राखिएको छ । भाइमसलाका लागि काठमाडांका मुख्य स्थान मख्खन गल्लीमा अन्य व्यापारीहरुले पनि तिहारको सामान विक्रिका लागि राखेका छन् । तिहार आउन लगभग १५ दिन अगाडीदेखी व्यापार सुरु हुने गरेको र भाइटिकाको अघिल्लो दिनसम्म व्यापार गरिने व्यापारी बताउछन ।

चार्डपर्व नजिकिएसंगै महंगीपनि बढ्दै गएको छ । यसको व्यवस्थापनमा सम्बन्धीत निकाएको धयान पुग्न नसक्दा सास्ताी खेप्नु परेको ग्राहक बताउ“छन् ।

तिहारको सुरुवातस“गै राजधानीको न्युरोड असनलगाएतका स्थानका पसलहरुमा तिहारमा प्रयोग हुने विभिन्न सरसामानको किनमेल गर्न सर्वसाधारणको भिड लागेको छ ।

सर्वसाधारणले बजारमा तिहारमा प्रयोग हुने विभिन्न किसिमको बत्ती, दियो, कपास, टिका लगायतका सरसामानहरु किन्ने गरेका छन् । हरेक समयका लागि सदावहार बजार मानिने काठमाडौको असन, न्युरोड र इन्द्रचोकलगाएतका स्थानको महत्व चाडपर्वमा अझ बढी हुने गर्दछ । भान्सादेखि पूजाकोठा र नुनदेखि सुनसम्मका सबै सामग्री भेटिने यी स्थानमा चाडपर्वको समयमा झनै भिडभाड हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu