ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, भ्रमण फलदायी


एबीसी न्यूज


काठमाडौं, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण गरी स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको जापान भ्रमण फलदायी भएको बताउनुभयो । उहाँले यस भ्रमणले द्विपक्षीय सहयोग तथा सम्बन्ध बिस्तारमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभयो ।

जापानका सम्राट् नारुहितोको गद्दी आरोहणमा सहभागी हुनुभएका राष्ट्रपति भण्डारीले त्यस अवसरमा जापान सरकारलाई धन्यवाद दिनुका साथै जापानका सम्राट्, सरकार तथा जापानका जनतालाई बधाई एवं सुख शान्ति एवं समृद्धिको शुभकामना प्रकट गर्नुभएको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।

हालै जापानमा आएको आँधी बेहरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले समवेदना प्रकट गर्नुभएको सुनाउनुभयो । गृहमन्त्री थापाका अनुसार राष्ट्रपति भण्डारीले त्यस अवसरमा नेपालले गरेको ऐतिहासिक, राजनीतिक स्थायित्वबाट सामाजिक विकासका लागि अनुकूल अवस्था सिर्जना भएको बताउनुभएको थियो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्त रुप दिन सरकारले विकासका लागि स्पष्ट नीति, लगानीमैत्री वातारवरण बनाउन चालिएका कदमबारे प्रकाश पार्नुभएको थियो ।

नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेकाले जापानको पुँजी प्रविधि सीप र ज्ञान नेपालका लागि महत्वपूर्ण हुने भन्दै राष्ट्रपति भण्डारीले व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनको क्षेत्रमा दुई देशबीच सहकार्य हुनसकेमा जनस्तरको सम्बन्धमा विस्तार हुन जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गर्नुभएको थियो । जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलनका नकरात्मक असरका सम्बन्धमा विश्व समुदायको ध्यानकर्षण तथा अन्तराष्ट्रिय सहयोग जुटाउन नेपालले सन् २०२० को अप्रिलमा आयोजन गर्ने सगरमाथा संवादमा जापान सरकारको तर्फबाट उच्च तहको सहभागिताका लागि अनुरोध गर्नुभएको थियो ।

जापान सरकारको निमन्त्रणालाई स्वीकार गरी जापानका सम्राट्को गद्दी आरोहण समारोहमा सहभागिता जनाउनुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रपति भण्डारीलाई धन्यवाद दिनुभएको गृहमन्त्री थापाले सुनाउनुभयो । राष्ट्रपति भण्डारीसँग जापानका प्रधानमन्त्रीले गर्नुभएको भेटमा उहाँले नेपाल–जापानबीच रहिआएको सुमधुर सम्बन्ध र नेपालको सामाजिक आर्थिक विकासमा जापानको सदैव साथ रहने विश्वास दिलाउनुभएको थियो ।

जापानका प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकास तथा मानव संशाधनको विकासका लागि जापानको निरन्तर साथ र सहयोग रहने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पर्ने सहयोग गर्ने आवश्यक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीको जापान भ्रमणका अवसरमा त्यहाँस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरु त्यहाँ अध्ययनरत विद्यार्थी, गैर आवासी नेपाली, जापानी सांसद, जापानका उच्च अधिकारीहरु र सुभेच्छुक विभिन्न सङ्घसंस्थाहरु सहभागी थिए । दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै राष्ट्रपति भण्डारीले नेपालको सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा जापान सरकारको निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

भ्रमणकै सिलसिलामा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा उहाँले राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको गृहमन्त्री थापाले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुभएको थियो । उहाँ कात्तिक ३ गते जापानी सम्राट् नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्माबाट जापानतर्फ प्रस्थान गर्नु्भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले स्वागत गर्नुभयो ।

राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुभएको थियो । म्यान्माको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक ३ गते जापानी सम्राट् नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्माबाट जापानतर्फ प्रस्थान गर्नु्भएको थियो ।

जापानमा रहँदा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोमा शिष्टाचार भेटवार्तासमेत भएको थियो । राष्ट्रपतिसँग शुभराज्याभिषेक समारोहमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी पदाधिकारीसमेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com