ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले दिए न्हूदँ राष्ट्रिय समारोह समितिका प्रतिनिधिमण्डललाई यस्तो वचन


एबीसी न्यूज


काठमाडौँ, ६ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफू नेपाल संवत्को ¥याली तथा सभामा प्रधानमन्त्री नभएको बेलामा पनि उपस्थित हुने गरेको स्मरण गराउँदै यस पटक आयोजना हुने सभामा उपस्थित भई काठमाडाँंैका जनतालाई केही कुरा भन्ने इच्छा राखेको जानकारी पनि दिनुभयो ।

नेपालको संस्कृति र परम्पराको जगेर्नामा नेपाल सरकारको सदैव सहयोग रहने विश्वास पनि उहाँले उक्त प्रतिनिधिमण्डललाई दिलाउनुभयो ।
न्हूदँ समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

अध्यक्ष महर्जनले प्रधानमन्त्री ओलीलाई कात्तिक १२ गते वसन्तपुरमा आयोजना हुने शुभकामना सभामा विशेष अतिथिको रुपमा उपस्थित भइदिनु हुन अनुरोध गर्दै नेपाल संवत् प्रवद्र्धनका लागि अघि बढाउनुपर्ने कार्ययोजनाबारेको एक ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।
उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, ३ नं प्रदेशका सांसद वसन्त मानन्धर, पूर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री दिलीप महर्जन, न्हूदँ समारोह सल्लाहकार समितिका संयोजक लक्ष्मीदास मानन्धर, न्हूदँ समारोह समितिका पूर्व अध्यक्ष डा चुन्दा बज्राचार्य, सुरेन्द्रवीर मालाकारलगायत समारोह समितिका सदस्यहरु हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com