
जनकपुरधाम, ६ कार्तिक ।जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाबाट १० किलो चाँदी प्रहरीले बरामद गरेको छ । अबैध रुपमा भारततर्फ लुकाइ छुपाई लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा उक्त चाँदी फेला पारेको हो ।
बुधवार ना ४७ प २७२७ नम्बरको २२० सिसि को मोटरसाइकलमा लुकाएर राखिएको दुइ वटा चाँदी बुनिया प्याकेट सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । जनकपुर गणबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्र कुमार झा र देवडिहाबाट रंजित कुमार तिवारीककमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले शंकाको आधारमा उक्त मोटरसाइकल फलो गर्दै जाँदा मोटरसाइकल छोडेर चालक र पछाडी सवार व्यक्ति फरार भएका थिए ।
बरामद भएको चाँदी जनकपुर भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले बताए ।पछिल्लो समय सशस्त्र प्रहरी निकै सक्रिय भएका छन् । शंकास्पद व्यक्तिका साथै तस्करमाथि समेत निगरानी बढाएको छ ।








प्रतिक्रिया दिनुहोस्