ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिमा अपराधीकरण अक्ष्यम्य– मन्त्री बाँस्कोटा


admin
कार्तिक ६, २०७६ बुधबार  २ : ३१ बजे

काठमाडौं, ६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताउनुभएको छ । उहाँले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

“मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुव्र्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ, सजाए दिलाइन्छ” उहाँले भन्नुभयो । उहाँले विधिको शासनमा जो–कोहीले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ, सबै मिलेर अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरण गर्दै जाने हो ।” सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले चुनावको वाचाअनुसार जनप्रतिनिधि अगाडि बढिरहेको बताउनुभयो । “कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नुस् ।” उहाँले थप्नुभयो “तपाईहरु साथ दिनुहोस्, जनप्रतिनिधि के–के काम गर्दैछन् अनुगमन गर्न पनि आग्रह गर्छु ।” उहाँले चुनाव जित्नु मात्रै ठूलो विषय नभएको उल्लेख गर्दै ‘चुनावदेखि चुनावसम्मको राजनीति’ राजनीति नभएको तर्क गर्नुभयो ।

मन्त्री बाँस्कोटाले सकारात्मक परिवर्तनका लागि जनताको साथको आवश्यकता औँल्याउनुभयो । उहाँले प्रकृतिको बचाउसँगै विकास र प्रकृतिसँग अन्तरघुलन हुन आग्रह गर्नुभयो ।

उहाँले काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गबारे चीनसँग सम्झौता भइसकेको र पूर्वी अन्तर्राष्ट्रिय नाकाको रुपमा रहेको बनेपामा थप विकासका काम थालिने चर्चा गर्दै लायन्स क्लबको नीति र कार्यविधि हेरेपछि मात्रै आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जिससले लायन्सको अभियानमा साथ दिने बताउनुभयो । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेले लायन्सलाई बनेपामा आठ आना जमीन दिइएको र थप एक रोपनी दिने तयारी भइरहेको बताउनुभयो । लायन्स क्लबका संस्थापक रामराजा धौभडेल र परियोजना प्रमुख सुदर्शनधर प्रधानाङले परियोजना र प्राप्त सहयोगबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

सम्बन्धित

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com