ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा के–के भए सहमति? (भिडियोसहित)


admin

काठमाडौं, ६ कात्तिक । आपसी हित तथा व्यापारको विषयमा नेपाल र बंगलादेश दुई देशको प्राविधिक समितीको चौथो बैठक राजधानीमा दुई दिनसम्म चल्नेछ । बैठकमा विगतमा भएका समझदारीहरुलाई अन्तिम रुप दिइने साथै नयाँ योजनाहरुमा सहमति गरिने मन्त्रालयको प्राविधिक समितीले जनाएको छ ।

नेपाल र बङ्गलादेशसंगको व्यापार घाटा न्यूनीकरण गर्ने २३ वटा विषयमा काटमाडौंमा विस्तृतमा छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बंगलादेशसँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्र्गो बोक्ने सवारी साधन, बन्दरगाह प्रयोग, धागो निकासी लगायत २३ विषयमा चलिरहेको छ । वार्तामा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ जनाको टोली र बंगलादेशको तर्फबाट सहसचिवकै नेतृत्वमा सात सदस्यीय टोली रहेका छन् । नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले दुई देशबीच वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक जारी रहेको आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा पनि विस्तृतमा छलफल हुने ढकालको भनाई छ ।

काठमाडौँदेखि ढाकासम्म सिधा बससेवा सञ्चालनका बारेमा पनि बैठकमा छलफल भएको छ । निकै ठूलो संख्यामा नेपाली विद्यार्थीले बङ्गलादेशमा अध्ययन गरिरहेका छन् । सिधा बस सेवा सञ्चालनसँगै नेपाली विद्यार्थीलाई आवतजावतमा सुविधा पुग्ने बताइएको छ । यसैगरी नेपाल–बङ्गलादेश ‘कार्गो’ ढुवानीका बारेमा पनि छलफल हुने सहसचिव ढकालले जानकारी दिनुभयो । नेपाली विद्यार्थीलाई बङ्गलादेशको सहज प्रवेशाज्ञा दिलाउने विषयमा पनि छलफल हुनेछ । सहसचिव ढकालले जलमार्गमार्फत नेपाल र बङ्गलादेशलाई जोड्ने विषयमा पनि घनिभूत छलफल भईरहेको बताएका छन् ।

नेपालको पूर्वी भागबाट बङ्गलादेशमा हवाई सेवा सञ्चालन गर्ने गरी ‘एयर रुट’ का बारेमा पनि प्राविधिक समितीमा छलफल भईरहेको छ । वार्ताका क्रममा केही विषयलाई अन्तिम रुप दिई द्विपक्षीय समझदारी (एओयू) को मस्यौदालाई अन्तिम रुप दिइने तयारी भैरहेको समितीले जनाएको छ । बंगलादेशसँग सन् १९७६ मा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौंता भएको थियो । हाल नेपालले फुलबारी बन्दगाह मात्र प्रयोग गर्न पाएको छ । अन्य बन्दरगाह प्रयोग सहज छैन । बंगलादेश र नेपाल दुबै विकासील राष्ट्र भएकोले स्वदेशी उद्योग संरक्षणका लागि विभिन्न सेफगार्ड उपाय अबलम्बन गरिरहेका छन् । वार्ता टोलीका बंगलादेशका प्रतिनिधी शारिफा खानले पनि नेपाल र बंगलादेशबीचमा हुन सक्ने व्यापारसम्बन्धित गतिविधिलाई सहकार्य गरी अगाडी बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

प्राविधिक समितिले अन्तिमरुप दिएको एमओयूमाथि नेपाल–बङ्गलादेशबीचको उच्च राजनीतिक तहमा हस्ताक्षर हुने बताइएको छ । बैठक मङ्गलबारसम्म चल्नेछ । दुईदेश बीचको आर्थिक तथा व्यापारिक गतिविधिलाई आपसी हितमा केन्द्रित रहि सहमति हुनु फलदायी नै हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com