ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी आज बुधबार स्वदेश फर्कँदै


एबीसी न्यूज


काठमाडौं, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापान भ्रमण सम्पन्न गरी आज बुधबार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदै हुनुहुन्छ ।

जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उहाँ आइतबार म्यान्माबाट जापान आइपुग्नुभएको हो । समारोहमा भाग लिन विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि पनि आउनुभएको थियो । राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी हुनुहुन्छ ।

जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछ्ट्टै भेटवार्ता भएको थियो । नेपाली प्रतिनिधिमण्डलले टोकियोको करीब एक हजार २०० पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण गरेको थियो । राष्ट्रपति भण्डारीको स्वागतमा जापानस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको थियो । यसअघि राष्ट्रपति भण्डारीले म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गर्नुभएको थियो । म्यान्मा भ्रमणमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि प्रतिनिधिमण्डलका सदस्यका रुपमा सहभागी हुनुभएको थियो । उहाँले गत असोज २९ गतेदेखि आफ्नो भ्रमण शुरु गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com